एक्युफिट म्याक्स जीटी स्मार्ट वाच सार्वजनिक
काठमाडौं । एक्युफिट म्याक्स जीटी स्मार्टवाच नेपालमा लन्च भएको छ । टेक कम्पनीले लन्च गरेको स्मार्टवाच सिमलेस ब्लुटुथका लागि उपयुक्त हुने कम्पनीले जनाएको छ । यसले नाडीमा रक्सञ्चारलाई समेत सहयोग गर्ने कम्पनीको दाबी छ ।
उन्नत ब्लुटुथ टेक्नोलोजीले सुसज्जित यो स्मार्ट घडीले प्रयोगकर्ताको स्मार्टफोनसँग सहज रूपमा सिंक गर्छ, जसले तत्काल कल नोटिफिकेसनहरू र ह्यान्ड्स–फ्री कल गर्न अनुमति दिन्छ । यस्तै, बिल्ट–इन स्पिकर र माइक्रोफोनले आवाजलाई गुणस्तरीय बनाउने दाबी पनि कम्पनीको छ । एक्युफिट म्याक्स जीटी वाचले प्रयोगकर्तालाई आफ्नो फोनको सम्पर्कमा पहुँच गर्न, भर्खरको कल इतिहास हेर्न र टेक्स्ट मेसेजहरू सिधै आफ्नो नाडीमा बाँधिएको स्मार्टवाचबाट पठाउन सक्ने सुविधा दिएको छ । पातलो र सहज टच स्क्रिन, इन्टरफेसको साथ घडीको कार्यक्षमतामार्फत फोनको काम समेत गर्न सकिने बताइएको छ ।
कम्पनीका अनुसार फिटनेसमा ध्यानदिनेहरूले स्मार्ट घडीमा निर्मित स्वास्थ्य र गतिविधि ट्र्याकिङ सुविधाकोप्रयोग समेत गर्न सक्नेछन् । यसले मुटुको चलायमान दर, ट्र्याक स्टेप्स, खपत भएको क्यालोरीहरू गणना गर्न र व्यक्तिगत फिटनेस सिफारिसहरू पनि प्रदान गर्न सक्छन् । यो ब्लुटुथ कलिङ स्मार्ट वाचको सुरुवातले वेयरेबल सञ्चार उपकरणहरूमा महत्वपूर्ण कदम अगाडि बढाएको कम्पनीको भनाइ छ । एक्युफिट म्याक्स जीटी अब छदेखि १२ जुलाई अर्थात् असार २१ गतेदेखि २७ गतेसम्म इ–कमर्स दराजमार्फत मात्र खरिदका लागि उपलब्ध छ । कम्पनीको पहिलो १०० प्रारम्भिक ग्राहकहरूले यो घडी मात्र दुई हजार चार सय ९९ रुपैयाँमा नै पाउने भएका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- एउटी नर्सको कथा व्यथा
- सहरमा भुस्याहा कुकुरको व्यवस्थापन
- भ्रष्टाचारको आरोपमाथि स्वतन्त्र छानबिन गर
- क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुनः न्यौपाने
- नाम्दु सबस्टेसन मंसिरभित्रै सञ्चालनमा आउने
- उत्पादनको १७ प्रतिशत कफी विदेश निर्यात
- टेलिकमको नाफामा गिरावट
- अवैध सुनको आयात बढ्दा भारतीय रूपैयाँको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया