पूर्वअरनिको यातायातमा एसीसहितको बस
काठमाडौं । पूर्वअरनिको यातयात कम्पनीले एसीसहितको बस सेवा सुरु गरेको छ । काठमाडौंदेखि चरिकोट हुँदै उत्तरी क्षेत्र चल्नेएसीसहितको बस सेवा बुधबारदेखि सञ्चालनमा आएको हो ।
बसमा एअर कन्डिसनसहित व्यवस्थित सिट, वाइफाइ र एसीको सुविधा रहेको कम्पनीले जनाएको छ । काठमाडौंबाट प्रत्येक दिन बिहान ६ बजे छुट्ने बस चरिकोट हुँदै सुनखानी, सिँगटी, गोंगर र लामाबगरसम्म चल्नेछ । यस्तै, गोंगरबाट पनि बिहान ६ बजे काठमाडौंका लागि बस छुट्ने कम्पनीले जनाएको छ । अरनिको यातयात काउण्टर दोलखाका ईन्चाज रविन चौलागाँईका अनुसार सुविधा सम्पन्न बस सञ्चालनमा आए पनि बस पार्किङ गर्ने बसपार्क नहुँदा समस्या भएको छ । व्यवस्थित बसपार्क नहुँदा गाडी पार्किङ गर्न समस्या भएको सवारी चालकहरुको दुखेसो छ । सडकमा जताततै सवारी रोक्दा सर्वसाधारण स्थानीयवासी तथा पैदलयात्रीलाई समस्या भएको उनीहरूको गुनासो छ ।
काठमाडौं–चरिकोट हुँदै दैनिक दुई सयको हाराहारीमा जिल्लाका ग्रामीण भेग हुँदै सवारी चल्ने गरेका छन् । बसपार्क नहुँदा सडकको दायाँबायाँ, होटल, स्थानीयका घर अगाडि पार्किङ गरेर बस्ने यात्रुबाहक बस, मालबाहक गाडी, बोलेरो जिप तथा मोटरसाइकललगायतका सवारीको भिड लाग्ने गर्छ । सडक अवरुद्ध हुने गरी बजारमै मान्छे ओराल्ने, चढाउने गर्दा दुर्घटनाको समेत जोखिम रहेकोे जिल्ला ट्राफिक कार्यालय दोलखाले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- एउटी नर्सको कथा व्यथा
- सहरमा भुस्याहा कुकुरको व्यवस्थापन
- भ्रष्टाचारको आरोपमाथि स्वतन्त्र छानबिन गर
- क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुनः न्यौपाने
- नाम्दु सबस्टेसन मंसिरभित्रै सञ्चालनमा आउने
- उत्पादनको १७ प्रतिशत कफी विदेश निर्यात
- टेलिकमको नाफामा गिरावट
- अवैध सुनको आयात बढ्दा भारतीय रूपैयाँको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया