Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसुपर माछाखोला आयोजना र प्राधिकरणबीच पीपीए सम्झौता

सुपर माछाखोला आयोजना र प्राधिकरणबीच पीपीए सम्झौता


काठमाडौं । सुपर माछाखोला जलविद्युत् आयोजना र नेपाल विद्युत प्राधिकरणबीच विधुत खरिद बिक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ । चार दशमलव छ मेगावाट क्षमताको आयोजनाले उत्पादन गरेको विद्युत् प्राधिकरणले खरिद गर्ने भएको छ । बिहीबार प्राधिकरणको अनुगमन तथा सुपरीवेक्षण निर्देशनालयका उपकार्यकारी निर्देशक प्रदीपकुमार थिके र आयोजनाका प्रबन्ध निर्देशक कृष्ण घिमिरेबीच सम्झौता भएको हो ।

बुढीगण्डकी हाइड्रोपावर प्रालिको प्रवर्द्धनमा गोरखाको धार्चे गाउँपालिकामा सुपर माछाखोला जलविद्युत् आयोजना निर्माण गर्न लागिएको कम्पनीले जनाएको छ । आयोजनाको नेतृत्व एनआरएनएका सचिव खगेन्द्र न्यौपाने, अस्ट्रेलियमा व्यवसाय गर्ने जोन घले र युकेमा व्यवसाय गर्ने इन्द्र ढकाललगायतले गर्नेछन् । आयोजनाको सञ्चालक समितिमा कृष्ण घिमिरे र सरोज धिताल रहेका छन् । यो टिमले यसअघि सोही क्षेत्रमा विकास हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गरेको चार दशमलव पाँच मेगावाटको आयोजना समयसीमाभन्दा छ महिनाअगाडि नै निर्माण सम्पन्न गरेको थियो । आयोजनाको वित्तीय व्यवस्थापन गरी चाँडै नै निर्माण कार्य सुरू गर्ने तयारी रहेको सञ्चालक सरोज धितालले जानकारी दिए । साथै तीन वर्षमा आयोजना निर्माणको कार्य सक्ने लक्ष्य राखिएको छ । यस आयोजनाका लगानीकर्ता जोन घलेले साना आयोजनामा मात्र लगानी गरिरहेकोमा अब निकट भविष्यमा नै १५ मेगावाटभन्दामाथिका आयोजना बनाउने तयारी गरिरहेको बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया