रियलमी ११ प्रो सिरिज फाइभ–जी नेपालमा लन्च हुने
काठमाडौं । रियलमीले ११ प्रो सिरिज फाइभ–जी नेपाली बजारमा ल्याउने भएको छ । यो मोबाइल फोन उत्कृष्ट फ्ल्यागशिप क्यामरा फोनसहित आउन लागेको कम्पनीले जनाएको छ ।
प्रसिद्ध ब्रान्ड गुच्चीका पूर्वप्रिन्ट र टेक्सटाइल डिजाइनर म्याट्टियो मेनोट्टोसँगको सहकार्यमा यो मोबाइलको डिजाइन गरिएको कम्पनीले जनाएको छ । लिची लेदर ब्याक र आकर्षक लेसले घेरिएको यो मोबाइल फेसनको लागि प्रसिद्ध हुने कम्पनीको दाबी छ । यसका डिजाइनर म्याट्टिओ मेनोट्टो गुच्चीका उत्कृष्ट प्रिन्टहरुको लागि चिनिन्छन् । ‘मेरो हृदयमा मिलानको विशेष स्थान रहेको छ र यो ठाउँले मलाई अनन्त प्रेरणा प्रदान गरेको छ । रियलमी ११ प्रो ५जीको डिजाइनमा मैले मिलानको सौन्दर्य र कालजयी आकर्षणलाई कैद गर्न खोजेको थिएँ ।’ गुच्चीले भने ‘यसको लेस–जस्तो स्ट्रिपले मिलानी फेसनको मेहनतालाई प्रतिनिधित्व गर्दछ भने लिची लेदरको ब्याकले विलासिता र परिष्कारको झलक दिन्छ ।’
१०० एमपीको क्यामरा, लक्जरियस डिजाइन, ५०० एमएएच ब्याट्री र १०० वाट सुपरभोक चार्जरको साथ यो मोबाइल बजारमा आउन लागेको हो । २० हजार लेभलको अटोमेटेड ब्राइटनेस एडजस्टमेन्ट भएको यो फोनमा १२० हर्जको कभर्ड भिजन डिस्प्ले पनि रहेको छ । त्यस्तै, यसमा भएको २१६० हर्जको डिमिङ फ्रिक्वेन्सी यो सेग्मेन्टको सबैभन्दा उच्च हो । यो मोबाइलको डिस्प्ले सेटअप रियलमी ११ प्रो प्लस फाइभ जीको जस्तै छ । यसको १२० हर्जको कभर्ड भिजन डिस्प्लेमा विश्वकै पहिलो २१६० हर्जको पल्स विड्थ मोड्युलेसन डिमिङ रहेको छ । साथै, यसमा २०,००० लेभलको अटोम्याटिक ब्राइट्नेस एडजस्ट्मेण्ट, सनलाइट स्क्रिन र टीयूभी रेनल्यान्ड जस्ता फिचरहरू छन् । जसले प्रयोगकर्तालाई चलाउँदा सहज हुने र आँखामैत्री हुने कम्पनीको दाबी छ । यो फोनले दुईवटा विशिष्ट आई प्रोटेक्सन पुरस्कार पनि पाएको छ ।
कम पावर खपत र पर्याप्त स्टोरेजले यो मोबाइललाई फ्ल्यागसिप स्मार्टफोन बनाएको छ । यसमा डाइमेन्सिटी ७०५० फाइभ–जी प्रोसेसर, १२ जीबी -याम, र २५६ जीबीको इन्टर्नल स्टोरेज रहेको छ । ६७ वाट सुपरभोक चार्ज, ५००० एमएएच ब्याट्री, रियलमी युआई ४.०, र डल्बी पानोरामा डुअल स्पिकरहरूले फोनको युजर एक्स्पेरिएन्सलाई बढाएको छ । यस्तै, मोबाइल सनराइज बेज, ओएसिस ग्रीन, र एस्ट्रल ब्ल्याक जस्ता आकर्षक तीन रंगमा उपलब्ध छ ।
१०० एमपी डिरेक्ट आउटपुट, २ एक्स् लसलेस जुम, अटो–जुम मोड, सुपर नाइटस्केप मोड, र स्ट्रीट फोटोग्राफी मोड ४.० जस्ता फिचरहरुले रियलमी ११ प्रो लाई झनै उत्कृष्ट बनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- कस्तो छ नेपाल–भारत सैनिक सम्बन्ध ?
- एउटी नर्सको कथा व्यथा
- सहरमा भुस्याहा कुकुरको व्यवस्थापन
- भ्रष्टाचारको आरोपमाथि स्वतन्त्र छानबिन गर
- क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुनः न्यौपाने
- नाम्दु सबस्टेसन मंसिरभित्रै सञ्चालनमा आउने
- उत्पादनको १७ प्रतिशत कफी विदेश निर्यात
- टेलिकमको नाफामा गिरावट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया