महिन्द्राको ‘स्कर्पियो–एन’ नेपालमा
काठमाडौं । महिन्द्राले आफ्नो नयाँ स्कार्पियो–एन नेपालमा ल्याएको छ । भारत, दक्षिण अफ्रिका र अस्ट्रेलियापछि नेपाली बजारमा पनि यस आइकोनिक एसयूभी सार्वजनिक भएको हो ।
महिन्द्राले नयाँ स्कर्पियो–एन सार्वजनिक गरेसँगै काठमाडौं, इटहरी र धनगढीमा आफ्नो एसयुभी नेटवर्क विस्तार गरेको जनाएको छ । अहिलेसम्म प्रवेश गरेको हरेक बजारमा उपभोक्ताहरूको मन जितेको दाबी गर्दै कम्पनीले यो ब्राण्डले विश्वव्यापी मान्यता पाइसकेको दाबी गरेको छ । भारतमा स्कर्पियो–एन ३० मिनेटभन्दा कम समयमा एक लाख युनिट बुकिङ भएको थियो । त्यसैगरी, दक्षिण अफ्रिकामा पनि स्कर्पियो–एनले लन्च भएदेखि नै ग्राहकबाट सकारात्मक प्रतिक्रिया पाएको छ । महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडका अन्तर्राष्ट्रिय अपरेसन, अटोमोटिभ सेक्टरका प्रमुख सचिन अरोलकरले अल–न्यू स्कर्पियो–एनको डिजाइन, अत्याधुनिक सवारी सञ्चालन र ह्यान्डलिङ, रोमाञ्चकारी प्रदर्शन, उन्नत टेक्नोलोजी, सुरक्षाको सुनश्चितता र निःसन्देह क्षमताले नयाँ युगको प्रतिनिधित्व गर्ने बताए ।
अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले स्कर्पियो–एन साहसिक कार्यको लागि तयार पारिएको बताए । संसारभरको सबैभन्दा चुनौतीपूर्ण भू–भागमा यो परीक्षण गरिएको उनको दाबी छ । नयाँ स्कार्पियो–एनमा तीन वर्ष वा एक लाख किलोमिटरको वारेन्टी प्लान छ । नयाँ स्कर्पियो–एन डिप फरेस्ट, नेपोली ब्ल्याक, एभरेस्ट ह्वाइट, रेड रेज र ड्याजलिङ सिल्भर पाँचवटा बडी कलर अप्सनमा उपलब्ध हुनेछ । द स्कर्पियो–एन एमहक (डीजल) इन्जिनयुक्त १२८ दशमलव ६ किलोवाट (१७५ पीएस) शक्ति र ४०० एनएम टकको पनि छ, दुवै म्यानुअल र अटोमेटिक सिक्स स्पिड ट्रान्समिसन र फोरह्वील ड्राइभको सुविधा समेत रहेको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- एउटी नर्सको कथा व्यथा
- सहरमा भुस्याहा कुकुरको व्यवस्थापन
- भ्रष्टाचारको आरोपमाथि स्वतन्त्र छानबिन गर
- क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुनः न्यौपाने
- नाम्दु सबस्टेसन मंसिरभित्रै सञ्चालनमा आउने
- उत्पादनको १७ प्रतिशत कफी विदेश निर्यात
- टेलिकमको नाफामा गिरावट
- अवैध सुनको आयात बढ्दा भारतीय रूपैयाँको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया