Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपाकिस्तानसँगको व्यापार घाटा न्यूनीकरण गरिनुपर्नेमा जोड

पाकिस्तानसँगको व्यापार घाटा न्यूनीकरण गरिनुपर्नेमा जोड


काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले पाकिस्तानसँगको व्यापार घाटा न्यूनीकरण गरिनुपर्नेमा जोड दिएका छन् । नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हास्मी र परिसंघबीच भएको छलफलमा अग्रवालले यस्तो बताएका हुन् । उनले पर्यटन, चिया, कफीलगायतका माध्यमबाट पाकिस्तानसँगको व्यापार घाटा न्यूनीकरण गरिनुपर्नेमा जोड दिए ।

अध्यक्ष अग्रवालले नेपाल पाकिस्तानबीच सिधा हवाई सम्पर्क पुनः जोड्न सकिए पर्यटन उद्योगका लागि महत्वपूर्ण हुने उल्लेख गरे । त्यसका लागि आवश्यक सहयोग एवं समन्वय गर्नसमेत उनले राजदूतलाई आग्रह गरे । राजदूत हास्मीले नेपाली वस्तुहरू पाकिस्तान निर्यात गर्न आवश्यक सहकार्य एवम् सहयोग गर्न प्रतिबद्ध रहेको बताए । उनले पाकिस्तानमा चियाको राम्रो बजार रहेकाले नेपाली चिया निर्यात गर्न सकिने बताए । पाकिस्तानी पर्यटकहरू नेपाल भ्रमण गर्न रुचाउने भन्दै उनले दुई देशबीच डिजिटल भुक्तानी हुने व्यवस्था गर्न सुझाए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया