Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगगल्ली म्यापलाई स्टार्टअप वर्ल्डकप नेपालको ताज

गल्ली म्यापलाई स्टार्टअप वर्ल्डकप नेपालको ताज


काठमाडौं । स्टार्टअप गल्ली म्यापले स्टार्टअप वर्ल्ड कप २०२३ नेपालको ताज पाएको छ । देशभरका स्टार्टअपहरूबीच भएको प्रतिस्पर्धामा टपटेन र प्रदेश तथा नगर तहबाट प्रतिस्पर्धा गरेका पाँच जनाबीच भएको प्रतिस्पर्धामा गल्ली म्याप उत्कृष्ट भएको हो ।

विश्वभरका लगभग १०० देशमा हुने स्टार्टअपहरूको प्रतिस्पर्धा नेपालमा स्टार्टअप हब नेपालले आयोजना गरेको हो । अमेरिकी स्याटलाइट कम्पनी स्पेस एक्सको फन्डरेजिङ कम्पनी पिगासस टेक भेन्चरले स्टार्टअप वर्ल्ड कपको सुरुवात गरेको हो ।

विकसित देशहरू सबैजसोमा स्टार्टअफ वल्र्डकपको आयोजना हुने गरेको छ । नेपालमा भने वर्ल्ड ट्रेड ग्रुप नेपालले आफ्नो सिस्टर कन्सर्न स्टार्टअप हब नेपालमार्फत वर्ल्डकप नेपाल भित्र्याएको हो । स्टार्टअप हब नेपालले नेपालमा स्टार्टअप वल्र्डकपको आयोजना गर्दै आइरहेको छ । यसपटक गरिएको स्टार्टअप तेस्रो सिजन हो ।

स्टार्टअप वर्ल्डकपका विजयी गल्ली एक्सप्रेसका राजविक्रम महर्जनलाई स्टार्टअप हब नेपालका अध्यक्ष डा. शम्भु पोखरेल र पेगासिस टेक भेन्चरका पार्टनर तथा स्टार्टअप वर्ल्डकप नेपाल २०२३ का एम्बेस्डर सिसिलिया लरासातीले अवार्ड हस्तान्तरण गरेका थिए । विजयी महर्जनले अमेरिकाको सिलिकन भ्यालीमा विश्वव्यापी प्रतिस्पर्धामा सहभागी हुने अवसर प्राप्त गरेका छन् । स्टार्टअप विश्व विजेता बन्न सकेमा एक मिलियन डलर (१३ करोड नेपाली रुपैयाँ बराबर) लगानी पुरस्कार पाउने आयोजकले बताएका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया