Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसोलुखुम्बुमा सवारी आवागमन ७० प्रतिशतले घट्यो

सोलुखुम्बुमा सवारी आवागमन ७० प्रतिशतले घट्यो


सोलुखुम्बु । हिमाली जिल्ला सोलुुखुम्बुमा भित्रिने र बाहिरिने सवारीको संख्यामा उल्लेख्य कमी आएको छ । वर्षात् सुरु भएसँगै जिल्लामा ७० प्रतिशतभन्दा बढी सवारी आवागमन घटेको हो । साना तथा ठूला सवारीको आवागमनमा उल्लेख्य गिरावट आएको ट्राफिक प्रहरीले जनाएको छ ।

यसअघि दैनिक ४० वटासम्म सुमो जिप जिल्लाबाट छुट्ने गरेकोमा असार लागेसँगै दैनिक १० वटा मात्रै आवतजावत हुने गरेको ट्राफिक प्रहरी सहायक हवल्दार सुदिन अधिकारीले जानकारी दिए । उनका अनुसार सुमो मात्रै नभई अहिले दुईपाङ्ग्रे सवारी र मालबाहक सवारी सञ्चालनको संख्यामा समेत झण्डै ७५ प्रतिशतले गिरावट आएको छ । सोलुबाट पूर्वका लागि र पूर्वबाट सोलु आउने गरेको बससमेत अहिले अनियमित बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । बर्खा लागेसँगै यात्रुको संख्या करिब ७० प्रतिशत घट्दा सवारी सञ्चालनमा चुनौती थपिएको दूधकोशी यातयात समितिका अध्यक्ष दोर्जी शेर्पाले बताए ।

विगतमा जिल्लाबाट दैनिक १७ वटासम्म जिप काठमाडौंका लागि छुट्ने गरेकोमा असारपछि ५/६ वटामा सीमिति बनेको उनको भनाइ छ । यतिखेर ट्रेकिङको सिजनसमेत नभएको र यात्रुहरू अतिआवश्यक कामबाहेक यात्रामा ननिस्कने भएकाले पनि सवारी सञ्चालनमा चुनौती थपिएको यातयात व्यवसायी रामबहादुर विश्वकर्माले बताए ।विगतमा जिल्लाबाट दैनिक १७ वटासम्म जिप काठमाण्डाँैका लागि छुटने गरेकोमा असारपछि ५/६ वटामा सिमिति बनेको उनको भनाई छ । यतिखेर ट्रेकिङको सिजन समेत नभएको र यात्रुहरु अतिआवश्यक काम बाहेक यात्रामा ननिस्कने भएकाले पनि सवारी सञ्चालनमा चुनौती थपिएको यातयात व्यवसायी राम बहादुर विश्वकर्माले बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया