Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकोकाकोलाको सक्षम एक्सेलेटर र मेन्टरसिप कार्यक्रम

कोकाकोलाको सक्षम एक्सेलेटर र मेन्टरसिप कार्यक्रम


काठमाडौं । कोका–कोला नेपालले एटेलियर प्लेटफार्म प्रालिसँगको सहकार्यमा युवा महिला उद्यमी एक्सेलेरेटर र मेन्टरसिप कार्यक्रम ल्याएको छ । यो कार्यक्रम कोका–कोला नेपालको महिला सशक्तीकरण कार्यक्रम ‘सक्षम’ को एक भाग रहेको कम्पनीले जनाएको छ । यसले नेपालमा महिलाद्वारा सञ्चालित स्टार्टअपहरू र सम्भावित स्टार्टअपलाई व्यापक सहयोग र मार्गदर्शन प्रदान गर्ने उद्देश्य राखेको छ ।

कोकाकोला कम्पनीका लागि नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले यस कार्यक्रमले युवा महिला उद्यमीलाई व्यापक सहयोग र मार्गदर्शन प्रदान गर्ने बताए । यसले उनीहरूको सफलतालाई मात्रै नभई नेपालको अर्थतन्त्रको समग्र विकासमा पनि महत्वपूर्ण योगदान पु¥याउने उनको दाबी छ । कम्पनीका अनुसार युवा महिला उद्यमी एक्सेलेटर र मेन्टरसिप कार्यक्रमले अप्रिल २०२३ मा आवेदन खोल्दा काठमाडौं, पोखरा र चितवनभरका महिला उद्यमीबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको थियो । आवेदकबाट आठ फाइनलिस्टहरूलाई उनीहरुको नवीनताको विचार र सफलताको सम्भावनाका आधारमा छनोट गरिएको थियो ।

यी फाइनलिस्टहरूमा केहीक्राफ्ट्सका वृन्दा दिवान, डुलुवा आउटडोर्सका मेनुका गुरुङ, साउथ एन्ड साउथ इस्ट प्रोजेक्टका प्रकृति बस्याल, लर्नर्स रुमस्ः ए पाथ टु विजडमकी राशी महर्जन, सच्र्डकी रोजिना बराल, बाया–इन्जाइम्सकी सरला महर्जन, ग्रीनस्पेस नेपालकी शान्ति राई र स्वच्छ महिनावारीकी यजु महर्जन रहेका छन् । कार्यक्रम सुरु गर्नका लागि फाइनलिस्टलाई जुन ११, २०२३ मा एक ओरियेन्टेसन सेसन आयोजित गरिएको थियो । फाइनलिस्टहरूले लैङ्गिक र महिला अधिकार, नारीवाद र नेतृत्व, कानुनी प्रक्रियाहरू, जलवायु परिवर्तन, मार्केटिङ रणनीति, वित्त र बैंकिङमा पहुँच, डिजिटल मार्केटिङ, लाभदायक प्रस्तुतीकरणजस्ता आवश्यक विषयहरू समेटिएको सेसनमा भाग लिएका थिए ।

फाइनलिस्टहरू अब अन्तिम चरणमा छन् । अगस्टमा उनीहरूका नवीन विचार र व्यापारिक योजना र तीन कुशल एक्स्पर्टहरू सम्मिलित एक प्रतिष्ठित जुरी समक्ष प्रस्तुत गरिने उल्लेख छ । टप थ्री सहभागीहरूमा प्रत्येकलाई एक लाख रुपैयाँको नगद पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ । बोटलर्स नेपालका म्यानेजिङ डाइरेक्टर दीपक सेन्थिल नाथ युवा महिला उद्यमी एक्सेलेरेटर र मेन्टरसिप कार्यक्रमका सहभागीहरूले देखाएको उल्लेखनीय प्रगति र दृढ उत्साहले नेपालमा महिला सशक्तीकरण गर्ने कम्पनीको प्रतिबद्धताले सार्थकता पाएको बताउँछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया