रेड्मीको नयाँ मोबाइल बजारमा
काठमाडौं । शाओमी कम्पनीले रेड्मी ए२ र ए२ प्लस नेपाली बजारमा सार्वजनिक गरेको छ । उत्कृष्ट फिचरयुक्त सो मोबाइल अहिले सुलभ मूल्यमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ । यी दुवै नयाँ फोनमा दुई वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमितकुमार पण्डाले रेड्मी ए२ र ए२ प्लस फोन सहज र छरितो रहेको बताए । उनका अनुसार दुवै फोनमा छ दशमलव ५२ इन्च एचडी डट ड्रप डिस्प्ले रहेको छ । यस्तै, यसमा आठ एमपी एआई डुअल क्यामेरा र पाँच एमपीको फ्रन्ट क्यामेरा रहेको छ ।
यसको मेन क्यामेरामा एफ/२.० एपरेचर रहेको छ । पाँच हजार एमएएच (टाइप) ब्याट्री रहेको यो फोनलाई १० वाट इन(बक्स चार्जरले फास्ट चार्जिङ सुविधा प्रदान गर्ने कम्पनीको भनाइ छ । मिडिया टेक हेलियो जी३६ ओक्टा कोर प्रोसेसरद्वारा सञ्चालित, २.२ गिगाहर्जसम्मको क्लक इन हुने यी फोन २÷३२ जिबी स्टोरेज भेरियन्टमा उपलब्ध छ । साथै, ए२ प्लस भने ३÷६४ जीबी स्टोरेजमा पनि पाइने कम्पनीले जनाएको छ ।
लेटेस्ट एन्ड्रोइड १३ (गो एडिसन) मा चल्ने यी स्मार्टफोनहरूले अप्टिमाइज्ड स्पिड, सेक्युरिटी र प्राइभेसीका फिचरहरूका साथ एक अनुकूल र अपग्रेडेड अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ । यी फोनहरू कम्पनीले तीन रंग लाइट ब्लू, लाइट ग्रीन र कालो रंगमा उपलब्ध गराएको छ । कम्पनीका अनुसार ए२ को मूल्य १० हजार ४९९ रुपैयाँ रहेको छ भने ए२ प्लसको मूल्य क्रमशः ११ हजार चार सय ९९ रुपैयाँ र ११ हजार नौ सय ९९ रुपैयाँ रहेको छ । यी स्मार्टफोनहरू देशभरका आधिकारिकस्टोर र शाओमीका अधिकृत रिटेलरहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- साना किसान लघुवित्तको नाफा ३२ करोड १८ लाख
- शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनबीच सम्झौता
- अपर मुस्ताङमा सीएफ मोटो एडभेन्चर राइड हुने
- ‘के पप टुर इन नेपाल’ कन्सर्ट हुने
- निजगढमा सामुदायिक आँखा अस्पताल सेवा सञ्चालनमा
- जापानको आर्थिक वृद्धिदर सुस्त
- युक्रेनमा शान्ति स्थापनाका लागि रूस बाधक : जी–७
- लामामाथि आक्रमण गरेको अभियोगमा थप एक पक्राउ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया