इक्यानमा चुनावी जोड घटाउ सुरु
भट्टराईको समूहबाट उपाध्यक्ष पदको लागि सिवाकोटीको उम्मेदवारी
काठमाडौं, नेपाल शैक्षिक परामर्श संघको यही असार ३० गते हुने चुनावको जोडघटाउ सुरु भएको छ । कुल चार सय ६७ भोटर संख्या रहेको इक्यानको चुनाव हुन तीन दिन बाँकी रहेकै अवस्थामा प्रतिस्पर्धीहरुबिच चुनावी जोड घटाउन सुरु भएको हो ।इक्यानको आगामी अधिवेशनमा अध्यक्षका उम्मेदवार शेषराज भट्टराईको समूहबाट उपाध्यक्ष पदको लागि गीता सिवाकोटी (गीताञ्जली) ले उम्मेदवारी घोषणा गरेकी छिन । बिगत १९ बर्षदेखि निरन्तर शैक्षिक परार्मश क्षेत्रमा लागिरहेको सिवाकोटीले यस क्षेत्रको बिकास र बिस्तारको लागि प्रभावकारी रुपमा काम गर्ने लक्ष्य सहित उम्मेदवारी दिएको बताईन् ।
‘मैले यस क्षेत्रमा धेरै कुराहरु देखेको छु, भोगेको छु, यस क्षेत्रमा धेरै नै सुधारका कामहरु गर्न बाँकी रहेको छ । यो अवस्थामा मैले यस क्षेत्रको सम्रग व्यवस्था र अवस्थाको सुधारको संवाहक बन्नको लागि उम्मेदवारी दिएको हुँ’, उनले भनिन् ।‘नेपालमा अन्य क्षेत्रमा जस्तै शैक्षिक परामर्श क्षेत्रमा पनि महिलाहरुले यस क्षेत्रको मेरुदण्डकोरुपमा काम गरिरहेका छन् । तर यसको वावजुत पनि नेपाली महिलाहरु नेतृत्व तहमा पुग्न सकेका छैंन । यस अर्थमा मेरो उम्मेदवारी त्यो नेतृत्वको लागि हो, जसले समग्र शैक्षिक परामर्श क्षेत्रको बिकास र बिस्तारको लागि बिगुल फुक्क सकोस’, उनी भन्छिन, ‘शैक्षिक परामर्श क्षेत्रको नेतृत्व तहमा महिलाहरु पुग्न सकेका छैंनन, अब आफु महिला भएर त्यो क्षेत्रमा पुगेर यस क्षेत्रमा भएको बेथितीहरुलाई सुधार गर्छु ।’ कास्की इक्यानको कोषाध्यक्ष हुँदै केन्द्रमा आएकी सिवाकोटी देशको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको इक्यानलाई राज्यले आवश्यक सम्बोधन गर्न नसकेको बताउँछिन । यो अवस्थामा राज्यले इक्यानलाई राज्यकैं महत्वपुर्ण अंगकोरुपमा मानेर बिकास गर्न जरुरी रहेको उनको धारण छ ।
हाल इ ग्लोवल एजुकेशन फाउण्डेशन प्रा.लिमा आवद्ध रहेकी सिवाकोटीले मास्टर डिग्री इन पोलिटिकल साईन्स र मास्टर इन बिजनेश स्टडिज (एमबिए) सम्मको अध्ययन पुरा गरेकी छिन । पेशागत जीवनमा युके, फ्रान्स, रसिया, बेल्जियम, लक्जेबर्ग, जर्मन, टर्की, फिनल्याण्ड, डेनमार्क, स्वीटजरल्याण्ड, पोल्याण्ड, युरोपका सबैजसो देशहरु र एशियाको चाईना, हंगकंग, बैंङकक, कम्बोडिया, मलेशिया, अष्टे«लिया, न्युजिल्याण्ड लगायतका राष्ट्रहरुको अध्ययन भ्रमण गसिकेकी छन् । सिवाकोटीमा नेपाली काँग्रेसको प्रदेश नं ६ को प्रदेश प्रतिनिधि बिजेता, प्रदेश सम्मेलन प्रतिनिधिमा मनोनित, रोटरी न्युरोडको बेष्ट ट्रेजर, इक्यान कास्कीको बेष्ट टे«जर, इक्यान कास्कीको फाउन्डर, बिभिन्न क्लवको प्रेसिडेन्ट भएर काम गरेको तथा सम्मान पाएको समेत अनुभव रहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सामुदायिक लघुवित्तको नाफा ऋणात्मक
- साना किसान लघुवित्तको नाफा ३२ करोड १८ लाख
- शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनबीच सम्झौता
- अपर मुस्ताङमा सीएफ मोटो एडभेन्चर राइड हुने
- ‘के पप टुर इन नेपाल’ कन्सर्ट हुने
- निजगढमा सामुदायिक आँखा अस्पताल सेवा सञ्चालनमा
- जापानको आर्थिक वृद्धिदर सुस्त
- युक्रेनमा शान्ति स्थापनाका लागि रूस बाधक : जी–७
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया