एसियन खेलकुदमा भिभो आधिकारिक आपूर्तिकर्ता
ग्लोबल टेक्नोलोजी ब्रान्ड भिभोे चीनमा हुने १९औँे एसियन खेलकुदको लागि मोबाइल फोनको आधिकारिक आपूर्तिकर्ता हुने भएको छ । जुन १५ मा चीनको होङझाव एसियन खेलकुदको १०० दिनको काउन्टडाउनको सुरुवात भएको थियो । कार्यक्रममा एसियन खेल आयोजक समिति र भिभोबीच सहकार्य गर्ने सम्झौता भएको हो ।
हस्ताक्षर समारोहमा होङझाव एसियन खेल आयोजक समितिका उप–महासचिव तथा कार्यकारी निर्देशक माओ गेन्होङ, समितिका अन्तर्राष्ट्रिय सम्बन्ध विभागका उप–प्रमुख सु जियान फेङ, समितिकै बजार विकास विभागका उप–प्रमुख डु मेङफेई र ये होङ तथा भिभो चीनका भाइस प्रेसिडेन्ट (ब्रान्डिङ) जिया जिंगडोंगलगायतको उपस्थिति थियो । यस १९औँ एसियन खेलकुद चीनको हाङ्चोउमा २०२३ सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुँदैछ । जसमा ४५ राष्ट्रको सहभागितामा हुनेछ ।एसिया महादेशकै सबैभन्दा ठूलो बहु–खेलकुद कार्यक्रमको रूपमा रहेको यस होङझाव एसियन खेलकुदले सम्पूर्ण एसिया भरी खेलकुदमार्फत एकता र सौहार्दताको वातावरण बनाउने विश्वास आयोजकको छ ।
हस्ताक्षर समारोहमा हाङ्चोउ एसियन खेल आयोजक समितिका उप–महासचिव तथा कार्यकारी निर्देशक माओ गेन्होङले भिभोसँगको साझेदारीको लागि निकै उत्सुक रहेको बताए । ‘खेलकुद कार्यक्रममा भिभोको बृहत् अनुभव र नवीन प्रविधियुक्त उत्पादनका साथ प्रयोगकर्ताहरूको आवश्यकता पूरा गर्ने भिभोको प्रतिबद्धता सँग–सँगै हामी पनि यस कार्यक्रमलाई प्रवद्र्धन गर्न र दर्शकहरूसँग बलियो र प्रभावकारी सम्बन्ध स्थापना गर्न सक्षम हुनेछौँ’, उनले भने ।
भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकलले १९औँ एसियन खेलकुदको आधिकारिक मोबाइल फोन आपूर्तिकर्ता र आधिकारिक इ–स्पोर्ट्स गेमिङ फोनको रूपमा भिभोले प्रोफेसनल इमेजिङ टेक्नोलोजी र एक वास्तविक इ–स्पोर्ट्स अनुभवलाई एकै ठाउँँमा ल्याएको बताए । उनी खेलकुदमार्फत एकताको भावना बढाउन र यस खेललाई अझ भव्य बनाउन मद्दत गर्ने बताउँछन् । यस्तै, भिभो खेलकुद र प्रविधिबीच गहिरो सम्बन्ध रहेको हुन्छ भन्ने दृष्टिकोणबाट प्रेरित रहेको उनले बताए । हाङ्चोउ खेलकुदसँग भिभोको साझेदारीले प्रविधिको शक्तिले खेलकुदको अनुभवलाई कसरी नयाँ उचाइमा पु¥याउन सकिन्छ भनेर देखाएको कम्पनीको भनाइ छ ।
विगतका वर्षहरूमा पनि भिभोले सुदिरमान कप, एनबीए, फिफा वलर््डकप र युइएफए युरोजस्ता थुप्रै प्रतिष्ठित खेलकुद कार्यक्रममा सहकार्य गरिसकेको जनाएको छ । होङझाव एसियन गेमको लागि मोबाइल फोनको आधिकारिक विशेष आपूर्तिकर्ताको रूपमा भिभोले आफ्नो अत्याधुनिक र प्रोफेसनल इमेजिङ प्रविधिमार्फत खेलका सबैभन्दा रोमाञ्चक क्षणहरू रेकर्ड गरेर विश्वभरका प्रयोगकर्ताहरू माझ प्रस्तुत गर्ने कम्पनीको भनाइ छ । यसले मैदान भित्र र बाहिर हुने सबै दर्शकले खेलको भरपुर मजा लिन सक्नेछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- नेरुडे मिर्मिरे लघुवित्तको नाफा ऋणात्मक
- नेसनल लघुवित्तको नाफा १० करोड ४७ लाख
- सूर्योदय लघुवित्तको नाफा ऋणात्मक
- सामुदायिक लघुवित्तको नाफा ऋणात्मक
- साना किसान लघुवित्तको नाफा ३२ करोड १८ लाख
- शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनबीच सम्झौता
- अपर मुस्ताङमा सीएफ मोटो एडभेन्चर राइड हुने
- ‘के पप टुर इन नेपाल’ कन्सर्ट हुने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया