परिसंघ र दराजबीच उत्पादन प्रवद्र्धन गर्ने समझदारी
नेपाल उद्योग परिसंघको मेक इन नेपाल ‘स्वदेशी’ र अनलाइन प्लेटफार्म कम्पनी दराजबीच स्वदेशी अभियानमा आबद्ध सदस्यको उत्पादन प्रवद्र्धन गर्नेसम्बन्धी समझदारी भएको छ । मेक इन नेपाल ‘स्वदेशी’ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको साझेदारीमा परिसंघले सञ्चालन गरिरहेको अभियान हो ।
स्वदेशी वस्तु तथा सेवाको बजारीकरणमा सहयोग गर्ने उद्देश्यले दराजसँग समझदारी गरिएको परिसंघले जनाएको छ । समझदारीअनुुसार दराजले आफ्नो अनलाइन पोर्टलको ‘प्राउड्ली नेपाली च्यानल’ मा स्वदेशी सेक्सन बनाउने छ । सो सेक्सनमा स्वदेशी सदस्यले आफ्ना वस्तुहरू राख्न पाउनेछन् । साथै, दराजले स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने अन्य उपाय र सुविधासमेत दिने सहमति भएको छ । समझदारीअनुसार मेक इन नेपाल स्वदेशी अभियानमा आबद्ध सदस्यहरूको वस्तु दराजको प्लेटर्फाममा राख्न तथा खरिद बिक्री गर्न दराजले स्वदेशी सदस्यलाई आवश्यक तालिम, परामर्श र जानकारी उपलब्ध गराउने बताइएको छ ।
मेक इन नेपाल स्वदेशी अभियानमा आबद्ध सदस्यलाई बजारीकरण तथा नेटवर्किङमा सहयोग गराउने उद्देश्यले दराजसँग यो समझदारी गरिएको परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बताए । स्वदेशी अभियानको उद्देश्य प्राप्तिका लागि नीतिगत वकालतसँगै अन्य थप प्रबद्र्धनात्मक कार्यलाई अगाडि बढाइने उनले बताए । स्वदेशी वस्तुलाई प्रोत्साहन र प्रवद्र्धन गर्न स्वदेशी सदस्यको वस्तुलाई आफ्नो अनलाइन प्लेटफार्म उपलब्ध गराइएको दराजकी प्रबन्ध निर्देशक आँचल कँुवरले बताइन् । समझदारीले स्वदेशी सदस्यलाई आफ्नो उत्पादनको बजारीकरणमा सहयोग पु¥याउने परिसंघ राष्ट्रिय परिषद् सदस्य हितेश गोल्छाले बताए । समझदारीमा परिसंघका महानिर्देशक दीपकराज जोशी र दराजकी प्रबन्ध निर्देशक आँचल कुँवरले हस्ताक्षर गरेका छन् ।
स्वदेशी औद्योगिक उत्पादन वृद्धि गरी नेपाली वस्तु तथा सेवाको पहुँच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पु¥याउँदै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने मुख्य लक्ष्यका साथ परिसंघले सन् २०२१ देखि ‘मेक इन नेपाल–स्वदेशी’ अभियान सञ्चालन गरिरहेको छ । परिसंघले स्वदेशी अभियानमा जोडिएका उद्योगका लागि नीतिगत वकालत गर्ने, नेटवर्किङ र बजारीकरणमा सहयोग गर्ने, स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने, कामदारको सिप अभिवृद्धि गर्नेजस्ता काम गर्दै आएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनबीच सम्झौता
- अपर मुस्ताङमा सीएफ मोटो एडभेन्चर राइड हुने
- ‘के पप टुर इन नेपाल’ कन्सर्ट हुने
- निजगढमा सामुदायिक आँखा अस्पताल सेवा सञ्चालनमा
- जापानको आर्थिक वृद्धिदर सुस्त
- युक्रेनमा शान्ति स्थापनाका लागि रूस बाधक : जी–७
- लामामाथि आक्रमण गरेको अभियोगमा थप एक पक्राउ
- गृहमन्त्री लेखकसित एसएसबी महानिर्देशकको भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया