Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटेमासेक फाउन्डेसनद्वारा नेपाललाई १० हजार फर्टिट्युड किट २.० प्रदान

टेमासेक फाउन्डेसनद्वारा नेपाललाई १० हजार फर्टिट्युड किट २.० प्रदान


काठमाडौं,बैशाख १४

सिंगापुर लगानीकर्ता कम्पनीअन्तर्गत एक परोपकारी संस्था टेमासेक फाउन्डेसनले नेपाललाई १० हजार फर्टिट्यूड किट २.० प्रदान गरेको छ ।  उक्त किटहरु नेपाल सेनालाई प्रदान गरिएको थियो जुन फ्रन्टलाइन स्वास्थकर्मद्वारा देशभरका कोभिड—१९ का बिरामीहरुको परिक्षणका लागि उपयोग गरिनेछ । फर्टिट्यूड किट २.० विज्ञान, प्रविधि तथा अनुसन्धानका लागि सिंगापुरको एजेन्सी ए स्टारद्वारा एसएआरएस कोभिड—२ भाइरस पत्ता लगाउनका लागि डिजाइन गरिएको हो । यो एसएआरएस कोभिड—२ भाइरस पत्तालगाउनका लागि ‘अलइनवान’ १ चरणआरटी—पीसीआर किट हो । यो किटमा आरटी—पीसी आर÷ओएफआर रियाक्सनका लागि आवश्यक सम्पूर्ण सामग्रीहरु प्रइमर प्रोब मिक्स, इन्जाइममिक्स, पोजेटिभ कन्ट्रोल, नेगेटिभ कन्ट्रोल र इन्टरनल कन्ट्रोल टेमप्लेटसहित आउँदछ ।

टेमासेक फाउन्डेसन इन्टरनेशनलका प्रमुख कार्यकारी निर्देशक बेन्डिक्ट चियोङले भने, ‘यो कठिन समयमा, टेमासेक फाउन्डेशन नेपालका हाम्रा साथीहरुसँग एकतावद्ध छ । हामी आशा गर्दछौं कि यी किटहरु नेपालमा साहसपूर्वक कोभिड—१९ का अवस्थाहरुलाई व्यवस्थापन गरिरहेका अस्पताल र चिकित्सकहरुलाई उपयोगी हुनेछ । हामी हाम्रो निरन्तर सहकार्यलाई कायम गर्दै एक अर्कासँग र अन्तर्राष्ट्रिय समुदायहरुसँग कार्य जारी राख्नेछौं ।’

टेमासेक फाउन्डेसनले नेपाल सरकारको सीसीएमसी, स्वास्थ मन्त्रालय, नागरिक समाजका सदस्यहरु डा. बिजेन्द्र बराल, रञ्जित आचार्य र निल पाण्डेलाई समन्यवयन प्रयासका लागि हार्दिक आभार व्यक्त गरेको छ । श्री एयरलाइन्समा पशुपति मुराकर र शेखर गोल्छाले सिंगापुरबाट सामानहरु ल्याउन प्लाइट चार्टर्ड गरेका थिए । टेमासेक फाउन्डेसनले सन् २०१४ मा प्रकोप न्यूनिकरण प्रयासको रुपमा सरकारी विद्यालयहरुको पर्खाल संरचनाहरु सुद्दढ पार्न मद्दत गरेको थियो । यो फाउन्डेसनले आवश्यकताको समयमा देशको सेवा गर्दै आइरहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x