Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगडेटिङ पार्टनर पत्ता लगाउने नयाँ फिचर

डेटिङ पार्टनर पत्ता लगाउने नयाँ फिचर


काठमाडौं । नेपाली युवाहरूले निर्माण गरेको डेटिङ एप एस्ट्रोपडले आफ्ना प्रयोगकर्तालाई रोमाञ्चक फिचर थप गरेको छ । युवायुवतीका लागि डेटिङ पार्टनर खोजिदिने उपायसहित एक वर्षअघि नेपाली बजारमा सार्वजनिक भएको एस्ट्रोपडले अब इभेन्टमासँगै जाने पार्टनर पनि खोज्न सकिने सुविधा सार्वजनिक गरेको हो ।

एपमा हालै अपडेट गरिएको एक्सप्लोर फिचरले रुचि साझा गर्ने र इभेन्टसँगै अन्वेषण गर्न चाहने समान विचारधारा भएका व्यक्तिसँग जोडिने उपाय उपलब्ध गराएको हो । यसमा प्रयोगकर्ताहरूले आफ्नो राशिअनुसारको एयर साइन, फायर साइन, अर्थ साइन तथा वाटर साइन हेरेर आफ्नो डेटिङ पार्टनरका साथमा डेटिङ स्थल छनोट गर्न सक्नेछन् ।

विशेषगरी वायु, अग्नि, जल र पृथ्वीले हाम्रा दैनिक जीवनकार्य र मानवलाई असर पार्ने ज्योतिषशास्त्रीय मान्यताअनुसार यी चिह्नमा आधारित रहेर प्रयोगकर्ताले आफूजस्तै रुचि राख्ने व्यक्ति खोजेर डेट गर्न सक्नेछन् । एक्सप्लोर फिचरमा अप्ट इन गरेर र विशिष्ट घटना वा रुचि चयन गरेर ती गतिविधिमा आफूजस्तै रुचि राख्ने व्यक्ति पत्ता लगाउन सकिने बताइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया