नेपाल शैक्षिक परामर्श संघको अध्यक्षमा भट्टराई
काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा शेषराज भट्टराई निर्वाचित भएका छन् । नयाँ नेतृत्वको लागि शनिबार भएको मतदानबाट उनी निर्वाचित भएका हुन् ।
कुल चार सय ६७ मतदातामध्ये भट्टराईले दुई सय ३८ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी इक्यानका पूर्वअध्यक्षसमेत रहेका विष्णुहरि पाण्डेले एक सय ४६ मत पाए । यसैगरी अध्यक्षका अर्का उम्मेदवार कृष्णहरि केसीले २१ मत पाएका छन् भने देवीदास भट्टराईले ११ मत पाए । विजयी भएका भट्टराई र दोस्रो भएका पाण्डे प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका थिए । निर्वाचनमा अधिकांश भट्टराई प्यानलका उम्मेदवार विजयी भएका छन् । संघको उपाध्यक्षमा गीता शिवाकोटी (गीताञ्जली), लक्ष्मण पौडेल र भुवनबहादुर क्षेत्री निर्वाचित भए । शिवाकोटी भट्टराई प्यानलकी हुन् भने पौडेल र क्षेत्री पाण्डे प्यानलका हुन् । यस्तै, अन्य पदाधिकारीमा भने भट्टराई प्यालनका निर्वाचित भएका छन् । महासचिवमा दिपकराज भुषाल, सचिवमा भवनाथ हुमागाई, कोषाध्यक्ष आशिक कार्की, सहकोषाध्यक्षमा विकल्पराज पौडेल निर्वाचित भएका छन् । उनीहरू सबै भट्टराई समूहका हुन् ।
यस्तै, कार्यसमिति सदस्यहरूमा सुरज सिलवाल, साधना पुडासैनी, उमा खड्का पाठक, मञ्जित ढकाल, गोविन्द खनाल, आशीष रायमाझी, शशिप्रसाद भट्टराई, विजयकुमार बस्नेत र श्रीराम गिरी चुनिएका छन् । कुल १८ सदस्यीय कार्यसमितिका लागि ४४ जनाको मनोनयन दर्ता भएको थियो । इक्यानले चुनावलाई प्रविधिमैत्री बनाउनको लागि विद्युतीय भोटिङ प्रविधिको प्रयोग गरेको र चुनाव सकिएको एक घण्टामै नतिजा सार्वजनिक गरेको जानकारी दिएको छ । इक्यानको नवनिर्वाचित कार्य समितिले शनिबारै निर्वाचित भएको प्रमाणपत्र बुझ्दै पद तथा गोपनीयताको सपथग्रहण गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया