बोटका तीन उत्पादन बजारमा
काठमाडौं । नेपालका लागि बोटको आधिकारिक बिक्रेता टेलिटक प्रालिले दुई मोडेलका स्मार्टवाच र ब्लुटुथ स्पिकर सार्वजनिक गरेको छ । प्रालिले ‘स्टोन १९०’ नामको ब्लुटुथ स्पिकर तथा ‘स्टोर्म कल’ र ‘वेभबिट’ मोडेलका स्मार्टवाच बजारमा ल्याएको हो ।
कम्पनीका अनुसार ब्लुटुथ ५.० भर्सन भएको स्टोन १९० स्पिकरले आईपीएक्स सात रेटिङ पाएको छ । यो स्पिकरमा कम्पनीले ८०० एमएएच ब्याट्री राखेको छ । यसलाई फूल चार्ज गर्न डेढ घण्टा लाग्नेछ भने एक पटकको चार्जमा चार घण्टासम्म गीत सुन्न सकिने कम्पनीको दाबी छ । स्पिकरलाई कन्ट्रोल गर्न तीन बटनहरू उपलब्ध गराइएको छ । पाँच वाट रेटेड पावर भएको यो स्पिकरको मूल्य कम्पनीले दुई हजार ६९९ रुपैयाँ तोकेको छ ।
यस्तै, कम्पनीले अर्को प्रडक्ट स्टोर्म कल स्मार्टवाच पनि सार्वजनिक गरेको छ । ब्लुटुथ कलिङ सुविधा भएको यस स्मार्टवाचमा आवश्यकताअनुसार यसैमा नम्बर डायल गरी कल गर्न सकिने फिचर रहेको छ । यस्तै, कल हिस्ट्रीमा १० ओटासम्म फोन नम्बर सेभ भएर बस्नेछन् । यो स्मार्टवाचमा १.६९ इन्चको एचडी डिस्प्ले छ भने सो डिस्प्लेले २.५डी कभर गर्नेछ । यसमा मल्टिपल एक्टिभ स्पोर्ट मोड र ५५० निट्सको ब्राइटनेस रहेको कम्पनीले जनाएको छ ।
त्यस्तै, यसमा हर्ट रेट, अक्सिजन लेभल र स्लिप आवर मापन गर्ने सुविधा पनि दिइएको छ । २२० एमएएच क्षमताको ब्याट्री भएको यो स्मार्टवाचलाई साढे दुई घण्टामा फुल चार्ज गर्न सकिन्छ । एकपटकको फुल चार्जमा यो स्मार्टवाचलाई सात दिनसम्म प्रयोग गर्न सकिने कम्पनीको दाबी छ । कम्पनीका अनुसार यो स्मार्टवाच एन्ड्रोइड ६.० र आईओएस १३ भन्दा माथिको डिभाइसमा सपोर्ट गर्छ । कम्पनीले स्टोर्म कलको मूल्य चार हजार ४९९ रुपैयाँ तोकेको छ ।
यस्तै, बोटले नेपाली बजारमा सार्वजानिक गरेको वेभ बिट स्मार्टवाचमा १.६९ इन्चको एचडी डिस्प्ले रहेको छ । मल्टिपल एक्टिभ स्पोर्ट मोडअन्तर्गत कम्पनीले यसमा वाकिङ, रनिङ, साइकिलिङ, स्किपिङ, ब्याटमिन्टन तथा वास्केटबल मोड राखेको छ । साथै, यसमा हर्ट रेट, अक्सिजन लेभल र स्लिप आवर मापन गर्न सुविधा पनि दिइएको छ । २२० एमएएच क्षमताको ब्याट्री भएको यो स्मार्टवाचलाई साढे दुई घण्टामा फुल चार्ज गर्न सकिन्छ । एक पटकको फुल चार्जमा यो स्मार्टवाचलाई १५ दिनसम्म प्रयोग गर्न सकिने कम्पनीको दाबी छ । यसले एन्ड्रोइड ६.० र आईओएस १३ भर्सनभन्दा माथिका डिभाइस सपोर्ट गर्ने कम्पनीले बताएको छ । वेभ बिटको मूल्य तीन हजार ४९९ रुपैयाँ तोकिएको छ ।
यी सबै उपकरण सोमबारदेखि दराजलगायत अन्य रिटेल पसलमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यस्तै, दराजले यी उपकरणहरुका लागी विशेष अफर ल्याएको छ । यसअन्तर्गत पहिलोपटक ती प्रडक्ट खरिद गर्ने ३३ जना सेवाग्राहीलाई एक हजार रुपैयाँ छुट दिने भएको छ । त्यस्तै, सोमबार दिउँसो १२ बजे हुने दजारको लाइभ सेसनमा ‘फास्टेस्ट फिङ्गर फ्रस्ट’ भन्ने अफरअन्तर्गत छनोट भएका पाँच जनाले वेभ विट मात्रै ३४ रुपैयाँमा पाउनेछन् । उक्त अफरमा सहभागी हुनका लागि १२ बजे हुने दराजको लाइभ सेसनमा सहभागी हुने पर्नेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 6
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया