शाओमीको रेड्मी १२ बजारमा
काठमाडौं । शाओमीले रेड्मी १२ नेपाली बजारमा सार्वजनिक गरेको छ । रेड्मी सिरजअन्तर्गतको यो मोडेल सार्वजनिक गर्दै कम्पनीले ग्राहकमैत्री फिचर र सुपथ मूल्यका कारण ग्राहकको मन जित्ने विश्वास व्यक्त गरेको छ ।
यो फोनमा १२ एनएममा निर्मित ओक्टा कोर मिडियाटेक हिलियो जी ८८ प्रोसेसर, डिभाइसमा २४६०×१०८० को रिजोलुसन र ३९६ पीपीआईसहितको ६ दशमलव ७९ इन्च एफएचडी प्लस डट डिस्प्ले रहेको कम्पनीले जनाएको छ । यस डिभाइसमा १५००ः१ को कन्ट्रास रेसियो, ७० प्रतिशत एनटीएससी कलर ग्यामट तथा ५५० निट्ससम्मको अधिकतम ब्राइटनेस उपलब्ध हुने बताइएको छ । यसमा ट्रिपल रियर क्यामेरा सेटअप रहेको छ, जसमा ५० मेगा पिक्सेलको मेन क्यामेरा, १२० डिग्री फिल्ड अफ भ्यु भएको आठ मेगा पिक्सेल अल्ट्रा–वाइड क्यामेरा र दुई मेगा पिक्सेल म्याक्रो क्यामेरा समावेश छ ।
फोनमा ५००० एमएयाच ब्याट्री जडान गरिएको छ । मोबाइलमा १८ वाट फास्ट चार्जिङ सुविधा समेत रहेको छ । कम्पनीका अनुसार रेड्मी १२ मिडनाइट ब्ल्याक, स्काई ब्लु र पोलर सिल्भर गरी तीन रंगहरूमा र ६/१२८ जीबी र ८/२५६ जीबी भेरियन्टमा उपलब्ध हुनेछ । साथै, यसमा एक टीबीसम्म एक्स्पाण्डेबल स्टोरेज सुविधा रहेको छ । यसको बजारमूल्य १७ हजार नौ सय ९९ रुपैयाँ र २० हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
- २७ सय ५३ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया