पर्यटक सवारीका चालक र सहचालकलाई तालिम
काठमाडौं । पर्यटक सवारीका चालक तथा सहचालकको लागि तीन दिवसीय क्षमता अभिवृद्धि तालिम दिइएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडीपीको संयुक्त पहलमा परियोजना जीविकोपार्जनको पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) को सहयोग तथा नेपाल पर्यटन यातायात व्यवसायी संघको (एनटीभीए)सँगको सहकार्यमा तालिम दिइएको हो ।
दुई सय ५० जना प्रशिक्षार्थीको सहभागिता रहेको तालिममा सैद्धान्तिक र व्यावहारिक विषयवस्तुको संयोजनसहित यातायात सुरक्षा, जोखिम, ट्राफिक ज्ञान, पर्यटन व्यवहारलगायतका विषयमा प्रशिक्षण दिइएको थियो । पर्यटनमा यातायात क्षेत्र पर्यटकसँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्र भएको, चालक तथा सहचालकको व्यवहार हेरेर पनि पर्यटकले देशप्रतिको दृष्टिकोण बनाउने हुनाले उनीहरूलाई प्रशिक्षित गर्न आवश्यक रहेको पर्यटन बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले जानकारी दिए । तीन दिनसम्म आयोजना गरिएको तालिममा हरेक दिन फरक–फरक समूहलाई प्रशिक्षण दिइएको जीविकोपार्जन विज्ञ धर्म दवाडीले बताए ।
नेपाल पर्यटक यातायात व्यवसायी संघका अध्यक्ष सन्तोष न्यौपानेले संघले समय–समयमा चालक सहचालकका लागि अभिमुखीकरण तालिम आयोजना गर्ने गरेको भए पनि अहिले एकैपटक यति ठूलो संख्यामा सहभागीलाई तालिम प्रदान गरिएको बताए । यस्तै, तालिमका सहभागी पर्यटक बसका चालक तथा सहचालकले समेत तालिम व्यावहारिक भएको र यसले आफूहरूमा कामप्रतिको जिम्मेवारीबोध बढाएको बताए । उनीहरूले तालिमबाट आफूहरूमा पर्यटन, पर्यटक, पर्यटकीय गतिविधिका साथै ट्राफिक ज्ञान अभिवृद्धि भएको बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
- २७ सय ५३ बिन्दुमा उक्लियो शेयर बजार
- नबिललाई आठौँ पटक बढी कर तिर्ने बैंकको सम्मान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया