Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभदौमा नेपाल ईभी एक्स्पो

भदौमा नेपाल ईभी एक्स्पो


काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आगामी भदौमा नेपाल ईभी एक्स्पो हुने भएको छ । इलेक्ट्रिक भेहिकल म्यानुफ्याक्चरर्स एन्ड इम्पोर्टर्स एसोसिएसन अफ नेपाल, मिडिया स्पेस सोलुसनस तथा फ्युचरएक् ट्रेड फेर एन्ड इभेन्ट्सको संयुक्त आयोजनामा भदौ १५ देखि १७ गतेसम्म एक्स्पो हुन लागेको बताइएको छ ।

नेपालमा विद्युतीय सवारीको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ एक्स्पो आयोजना हुन लागेको आयोजकले जनाएको छ । तीन दिनसम्म सञ्चालन हुने एक्स्पोमा १०० भन्दा बढी प्रतिष्ठित कम्पनीहरूको सहभागिता रहने आयोजकले जनाएको छ । १५० भन्दा धेरै ब्राण्डका गाडी तथा विद्युतीय सामग्रीहरू प्रदर्शनीका लागि राखिने आयोजकको भनाइ छ । एक्स्पोमा विशेषगरी विद्युतीय कार, विद्युतीय स्कुटर, मोटरसाइकल, साइकल, विद्युतीय बस, रिक्सा तथा विद्युतीय चार्जिङ स्टेशन, ब्याट्री तथा अन्य विद्युतीय सामग्रीहरू, अटोकम्पोनेन्ट, टायर, व्याट्री, ग्यारेज इक्युपमेन्टस, चार्जिङ स्टेशनलगायत बैंक तथा इन्स्योरेन्स कम्पनीको उल्लेखनीय सहभागिता रहने विश्वास आयोजकको छ ।

यसका साथै व्यापार तथा वित्तीय क्षेत्रका नेतृत्वकर्ता, अटोमोटिभ सोरुमका सञ्चालक, डिलर, बिक्रेता, आयातकर्ताहरू, सरकारी अधिकारी, कर्पोरेट हाउस, नयाँ लगानीकर्तालगायत सबैका लागि यो साझा चौतारी हुने तथा प्रदर्शनीले विद्युतीय गाडीको क्षेत्रमा नयाँ आयाम थप्नुका साथै साझेदारीका लागि नयाँ लगानीकर्तालाई पनि प्रोत्साहित गर्ने र विद्युतीय यातायातका क्षेत्रमा भएका पछिल्ला विकासहरू पनि प्रदर्शनीमा देख्न पाइने कम्पनीको भनाइ छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया