१३ विधामा ‘आईसीटी अवार्ड २०२३’को अनलाइन नोमिनेसन सुरु
काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित आईसीटी अवार्डको आठौँ संस्करणका लागि अनलाइन नोमिनेसन (आवेदन) सुरु भएको छ । लिभिङ विथ आईसीटीले हरेक वर्ष आयोजना गर्दै आइरहेको ‘आईसीटी अवार्ड’मा यस वर्ष थप एक विधासहित १३ विधामा नोमिनेसन खुला गरिएको हो ।
प्रोफेसनल एक्सिलेन्स आईसीटी अवार्ड यस वर्ष थप गरिएको विधा हो भने गत वर्षदेखि दक्षिण एसियाली देशका स्टार्टअपलाई लक्षित गरेर साउथ एसिया आईसीटी अवार्ड पनि सञ्चालनमा रहेको छ । साथै, यसवर्ष आयोजकले सातै प्रदेशका उत्कृष्ट स्टार्टअपलाई सम्मान गर्ने गरी ‘प्रोभिन्स स्टार्टअप आईसीटी रिकग्निसन’ पनि सुरु गरेको छ । यीबाहेक यस वर्ष स्टार्टअप तथा इनोभेसनअन्तगर्त स्टार्टअप आईसीटी अवार्ड, प्रोडक्ट आईसीटी अवार्ड, राइजिङ स्टार एन्ड इनोभेसन आईसीटी अवार्ड २०२३ विधाहरू रहेका छन । व्यक्तिगत योगदानको आधारमा प्रदान गरिने अवार्डमा, प्रोफेसनल एक्सिलेन्स आईसीटी अवार्ड, पायोनियर आईसीटी अवार्ड, इन्टरप्रेनर्स आईसीटी अवार्ड, वुमन आइकन आईसीटी अवार्ड र नेपाली डायस्पोरा आईसीटी अवार्ड २०२३ को लागि पनि नोमिनेसन खुला गरिएको छ ।
संस्थागत विधामा डिजिटल एजुकेसन आईसीटी अवार्ड(पब्लिक सेक्टर), डिजिटल एजुकेसन आईसीटी अवार्ड(प्राइवेट सेक्टर), डिजिटल गभर्नेन्स आईसीटी अवार्ड र डिजिटल सर्भिसेस आईसीटी अवार्ड २०२३ विधाहरू रहेका छन् । यसैगरी साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड र प्रोभिन्स स्टार्टअप आईसीटी रिकग्निसनमा पनि नोमिनेसन खुला गरिएको छ । नोमिनेसन दर्ता गर्न आधिकारिक वेबसाइट आईसिटीअवार्ड डट ओआरजीमा गएर गएर विधा (क्याटेगोरी) छनोट गरी आवश्यक विवरण उल्लेख गरी अनलाइन फारम बुझाउन सकिने आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए । नोमिनेसन दर्ता गर्ने अन्तिम मिति साउन ३१ गतेसम्म रहेको आयोजकले जानकारी दिएको छ ।
भदौदेखि सञ्चालन हुने अवार्डको छनोट प्रक्रियाको लागि विभिन्न २५ चरणमा जुरी समितिको मिटिङ तथा पे्रजेन्टेसन सेसनहरू सञ्चालन हुनेछन् । स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इनोभेसन र प्रोफेसनल एक्सिलेन्स विधाहरूमा उत्कृष्ट १० प्रतिस्पर्धीको टेलिभिजन सोमा पनि प्रसारण हुनेछ । सातै प्रदेशमा गएर आयोजकले स्थानीय स्टार्टअपहरू खोज्दै हरेक प्रदेशका उत्कृष्ट पाँच स्टार्टअप तथा आइडियालाई काठमाडौंमा बुटक्याम्प र मेन्टरिङ सेसनहरू पनि सञ्चालन गर्नेछ । यसैगरी एकमहिनासम्म पब्लिक भोटिङ पनि सञ्चालनमा रहनेछ । सातै प्रदेश र काठमाडौंमा प्रि–इभेन्टको रूपमा स्टार्टअप एन्ड आइडिया फेस्ट पनि सञ्चालन गरिने अध्यक्ष राजन लम्सालले बताए ।
अवार्ड छनोट प्रक्रियाको क्रममा, सर्वोत्कृष्ट छनोटका लागि जुरी समितिले सम्बन्धित संस्था वा कम्पनीको कार्यालय भ्रमण गरेर अध्ययनसमेत गर्नेछ । जुरी समितिमा नेपाल सरकारका प्रतिनिधिसहित १४ जना विज्ञ रहेका छन भने सल्लाहकार समितिमा १५ जना विशिष्ट व्यक्तिहरू रहेका छन् । साउथ एसिया स्टार्टअप अवार्ड २०२३ मा भारत, बंगलादेश, पाकिस्तान, श्रीलंकालगायतका देशबाट विज्ञ जुरी समितिमार्फत छनोट प्रक्रिया सञ्चालन गरिने जुरी संयोजक हेमपाल श्रेष्ठले बताए । यस विधामा उत्कृष्ट १० प्रतिस्पर्धीहरू ग्राण्ड फिनालेमा सहभागी हुन नेपाल आउनेछन् ।
अवार्ड विजेताहरूले विशिष्ट सम्मानसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीबाट विभिन्न सेवा र सुविधाहरू प्राप्त गर्नेछन् । स्टार्टअप विधाका विजेताले सहुलियतपूर्ण ऋण सुविधा र लगानीको अवसरसमेत प्राप्त गर्नेछन् । गतवर्ष माइक्रोसफ्ट, ह्वावे, एनसेल र नेपाल टेलिकमले विजेतालाई आकर्षक अफर र सुविधा पनि प्रदान गरेका थिए । यस वर्ष अवार्ड विजेतालाई अझ धेरै पुरस्कारसहित कार्यक्रम भव्य र परिस्कृत हुने आयोजकले जनाएको छ ।
यी हुन् आईसीटी अवार्ड २०२३ का १३ विधाहरू
१. स्टार्टअप आईसीटी अवार्ड : आईटी प्रडक्ट, सर्भिस तथा इनोभेसन क्षेत्रमा काम गरिरहेका कम्पनीलाई प्रवर्द्धन र प्रोत्साहन गर्ने यो अवार्डमा सहभागी हुन नेपालको प्रचलित कानुनअनुसार कम्पनी दर्ता भएर सञ्चालनमा रहेको हुनुपर्नेछ । यस विधामा विगत चार वर्षको अवधिमा दर्ता भएका कम्पनीले आवेदन दिन सक्नेछन् ।
२. प्रडक्ट आईसीटी अवार्ड : आईसीटी प्रडक्ट अवार्डमा कुनै नेपाली कम्पनी, संस्था, समूह वा व्यक्तिले विकास गरेको आईटी तथा इनोभेटिभ प्रडक्टलाई नोमिनेसन दर्ता गराउन सकिनेछ । विसं २०७९ सालमा सार्वजनिक भएका आईटी प्रोडक्टलाई लिएर यस विधामा नोमिनेशन दर्ता गर्न सकिन्छ ।
३. राइजिङ स्टार एन्ड इनोभेसन आईसीटी अवार्ड : राइजिङ स्टार इनोभेसन आईसीटी अवार्डमा कलेज तथा विश्वविद्यालयका विद्यार्थी तथा ३० वर्षमुनिका युवाको इन्डस्ट्री प्रोजेक्ट रिसर्च, आइडिया, इनोभेसन तथा प्रडक्टलाई लिएर नोमिनेसन दर्ता गर्न सकिनेछ ।
४. प्रोफेसनल एक्सिलेन्स आईसीटी अवार्ड : यस वर्ष थप भएको प्रोफेसनल एक्सिलेन्स आईसीटी अवार्ड विधामा आईसीटी क्षेत्रसँग सम्बन्धित रहेर कम्तीमा पाँच वर्षको अनुभवसँगै यस क्षेत्रमा पुत्र्याएको महत्वपूर्ण योगदान, विशेष कामको आधारमा आईसीटी प्रोफेसनलले नोमिनेसन दर्ता गर्न सक्नेछन् ।
५. पायोनियर आईसीटी अवार्ड : यो अवार्ड, सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विशिष्ट योगदान दिएका अग्रज व्यक्तिलाई प्रदान गरिन्छ । यस विधामा नोमिनेसन दर्ता गर्न यस क्षेत्रमा कम्तीमा १५ वर्षको अनुभव आवश्यक पर्छ ।
६. नेपाली डायस्पोरा आईसीटी अवार्ड : नेपालीमूलका व्यक्ति, जो विदेशमा बसेर पनि आईसीटीको माध्यमबाट देश र यस क्षेत्रमा पु-याएको योगदानको आधारमा यस विधामा नोमिनेसन दर्ता गर्न सकिनेछ ।
७. इन्टरप्रेनर आईसीटी अवार्ड : इन्टरप्रेनर आईसीटी अवार्ड, सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा क्रियाशील नेपाली उद्यमीलाई दिइनेछ । नोमिनेसनको लागि आईसीटी उद्यमीको रूपमा कम्तीमा सात वर्षको अनुभव आवश्यक छ ।
८. वुमन आइकन आईसीटी अवार्ड : वुमन आइकन आईसीटी अवार्ड, सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा क्रियाशील नेपाली महिलाका लागि लक्षित छ । यस विधामा उद्यमी, नेतृत्वकर्ता, प्रोफेसनल तथा आईसीटीको क्षेत्रमा उदाहरणीय काम गरेका महिलाले नोमिनेसन दर्ता गर्न सक्नेछन् ।
९. डिजिटल एजुकेसन आईसीटी अवार्ड (पब्लिक सेक्टर)
डिजिटल एजुकेसन आईसीटी अवार्ड, आईसीटीको प्रयोगमार्फत शिक्षा क्षेत्रलाई आधुनिक तथा प्रविधिमैत्री बनाउँदै शिक्षण सिकाई तथा व्यवस्थापनमा उदाहरणीय काम गरेका सरकारी तथा सामुदायिक शैक्षिक संस्थाले नोमिनेसन दर्ता गर्न सक्नेछन् ।
१०. डिजिटल एजुकेसन आईसीटी अवार्ड (प्राइभेट सेक्टर)
डिजिटल एजुकेसन आईसीटी अवार्ड आईसीटीको प्रयोगमार्फत शिक्षा क्षेत्रलाई आधुनिक तथा प्रविधिमैत्री बनाउँदै शिक्षण सिकाई तथा व्यवस्थापनमा उदाहरणीय काम गरेका निजी शैक्षिक संस्थाले नोमिनेसन दर्ता गर्न सक्नेछन् ।
११. डिजिटल गभर्नेन्स आईसीटी अवार्ड : यस विधामा सरकारी सेवा तथा सुविधालाई डिजिटलिकरण गर्दै नागरिकलाई सहज, सरल किसिमले प्रविधिमैत्री सेवा दिन प्रयासरत सरकारी संस्था, निकाय, विभाग वा पालिकाले नोमिनेसन दर्ता गर्न सक्नेछन्् ।
१२. डिजिटल सर्भिसेस आईसीटी अवार्ड : यस विधामा निजी क्षेत्रका संस्था, लिमिटेड वा सर्वसाधारणलाई डिजिटल तथा अनलाइनमार्फत सेवा दिइरहेका कम्पनीले नोमिनेसन दर्ता गर्न सक्नेछन् । यस विधामा आईटी तथा सफ्टवेयर कम्पनीबाहेक अन्य सेवामूलक निजी क्षेत्रका कम्पनीले सहभागिता जनाउन सक्नेछन् ।
१३ साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड : यस विधामा दक्षिण एसियाली देशहरू भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, भुटान, अफगानिस्तान र नेपालका स्टार्टअपहरूले सहभागिता जनाउन सक्नेछन् । पाँच वर्षसम्मका स्टार्टअपहरूले यस विधामा नोमिनेसन दर्ता गर्न सकिने आयोजकले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
- २७ सय ५३ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया