बीएमडब्लुको ‘आईएक्स–३’ नेपालमा
काठमाडौं । जर्मन प्रिमियम कार ब्राण्ड बीएमडब्लुले आइएक्स–३ ब्राण्डको गाडी नेपालमा ल्याएको छ । पेट्रोलबाट चल्ने मोडल एक्स–३ को सफलतापछि इलेक्ट्रिक मोडल आईएक्स ३ नेपाल ल्याएको लक्ष्मी प्रिमियम मोटर्सले जनाएको छ ।
बीएमडब्लुको स्पोर्टस् एक्टिभिटी भेहिकल (एसएभी) आईएक्स–३ विश्व बजारमा कम्पनीको सर्वाधिक बिक्री हुने मोडल रहेको कम्पनीको भनाइ छ । नेपाली बजारमा पनि विश्व बजारको जस्तै सफलता मिल्ने कम्पनीको विश्वास छ । नेपालमा बढ्दो विद्युतीय कारको बजारलाई ध्यानमा राख्दै शून्य कार्बन उत्सर्जन गर्ने विद्युतीय भेहिकलको मागबमोजिम अल–इलेक्ट्रिक एसएभी आइएक्स–३ सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।
प्रिमियम फिचर, सुरक्षामा अब्बल र उत्कृष्ट रेन्ज आइएक्स–३ को बलियो पक्ष रहेको कम्पनीको दाबी छ । ८० किलोवाट पावर क्षमताको लिथियम आयोन ब्याट्री, २१० किलोवाट क्षमताको रियर ह्वील ड्राइभ मोटर यसमा पाउन सकिन्छ । कम्पनीले यसमा ५.० इ–ड्राइभ टेक्नोलोजी प्रयोग गरेको छ । यसको अधिकतम पावर २८५ पीएस र टर्क ४०० न्यूटन मिटर रहेको छ ।
यसमा रहेको ८० किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा ४६० किलोमिटर रेन्ज प्रदान गर्ने डब्लुएलटीपीको परीक्षणले प्रमाणित गरेको बताइएको छ । ब्याट्रीलाई १५० किलोवाट क्षमताको डिसी चार्जरले ३४ मिनेटमा शून्यबाट ८० प्रतिशत चार्ज गर्ने क्षमता राख्ने कम्पनीको भनाइ छ ।
यसको ड्यासबोर्डमा १२ दशमलव तीन इन्चको डिजिटल क्लस्टर र १२ दशमलव तीन इन्चकै इन्फोटेन्टमेन्ट सिस्टम रहेको छ । साथै, यसमा भएको वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, स्पोर्टी सिट, लेदर ¥याप गरिएको थ्री स्पोक स्टेरिङ ह्वील जस्ता सुविधा कारमा रहेको बताइएको छ । पेट्रोलियमबाट चल्ने एक्स ३ मा बलियो उपस्थिति बनाएको बीएमडब्लुले आईएक्स–३ को सहयोगले प्रिमियम इलेक्ट्रिक भेहिकल सेगमेन्टमा पनि आफूलाई बलियो बनाउने अपेक्षा कम्पनीले गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
- २७ सय ५३ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया