Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगराकुटेन भाइबरको प्रयोग ४ गुणाले बढ्यो

राकुटेन भाइबरको प्रयोग ४ गुणाले बढ्यो


काठमाडौं, वैशाख १५
राकुटेन भाइबरले विश्वव्यापी रुपमा उब्जिएको महामारी कोभिड–१९ लाई लक्षित गर्दै यो परिस्थितिमा मानिसहरुलाई आफ्नो परिवारजन, साथीभाइ र सहकर्मीहरुसँग सम्पर्कमा रहिरहने कार्यमा मद्दत गर्न उल्लेख्य संख्यामा नयाँ पहलकदमीहरु र मुख्य विशेषताहरुका साथ आफ्नोे क्षमतामा वृद्धि गरेको छ ।

योसँगै भाइबर प्रयोगकर्तामा चार गुणले वृद्धि भएको कम्पनीले जनाएको छ । हाल विश्व नै स्व–क्वारेन्टाइन तथा घरमा बस्ने नीतिको पालना गर्ने अभ्यास गरिरहेको वर्तमान अवस्थामा भाइबरका नयाँ डिजिटल विशेषताहरुले मानिसहरुलाई एकजुट बनाइरहेको कम्पनीले जनाएको छ । यसले उत्पन्न महासंकटविरुद्ध लड्न सकारात्मक मानसिक व्यवहारको विकास गर्न सघाउ पु-याइरहेको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार विश्वव्यापी रुपमा यो एपको प्रयोगमा आएको उल्लेखनीय वृद्धि यसैको परिणाम हो । गएको केही हप्ताहरुमा उपलब्ध समग्र माध्यमहरुमा मानिसहरुको सहभागिता बढेको पाइएको छ । यस अवधिमा सर्वाधिक लोकप्रिय विशेषता अहिले खास गरेर सामूहिक सन्देशहरु र कलहरुसहित सञ्चारमाध्यममा देखिएको छ । सामूहिक सन्देशहरु प्रेषित १३४ प्रतिशत ज्यादा छन् र सामूहिक कलहरु प्राप्त गरेको संख्या हेर्दा बितेको २ हप्तामा सरदर भाइबर प्रयोगकर्ताहरुको संख्या ३७० प्रतिशतले बढेको देखिन्छ ।

यस्तै समुदाय संलग्नताको सालाखाला संख्यामा पनि ७८ प्रतिशतले वृद्धि भएको पाइएको छ । नेपालमा सामूहिक कलहरु यसभन्दा अघिको तुलनामा ४ गुणा बढी गरिएको पाइएको छ र समुदाय भ्यूजको संख्या पनि ६६ प्रतिशतले वृद्धि भएको देखिन्छ । कोभिड–१९ को महामारी फैलिएदेखि नै भाइबरले आफ्नो क्षमता बढाएको छ र नयाँ पहलकदमीहरु पनि प्रस्तुत गरेको छ भने अझ धेरै आउने क्रममा नै छन् । एपले अडियो कलमा एकपटकमा सहभागी हुन सक्नेहरुको संख्यामा समेत वृद्धि गरेर ५ बाट २० पु-याएको छ ।

यसैगरी सम्बन्धित आधिकारिक निकायहरुसँगको समन्वयमा भाइबरले विभिन्न मुलुकहरुमा विशेष सञ्चार सूचना पनि पेश गरेको छ जहाँ प्रयोगकर्ताहरुले यस महामारीको बारेमा सही र आधिकारिक एवं विश्वासिलो जानकारी प्राप्त गर्न सक्नेछन् । नेपालमा, भाइबरले ‘एमओएचपी नेपाल कोभिड–१९’ नामक भाइबर समुदाय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग मिलेर प्रस्तुत गरेको छ । यसबाट २ सय ६६ हजारभन्दा धेरै यसका सदस्यहरुलाई कोरोना भाइरसको सम्बन्धमा मुल्यवान् एवं प्रमाणित सूचना प्रवाह गर्न सकिएको छ ।

योभन्दा पनि मानिसहरुलाई कोरोना भाइरसका बारेमा भ्रम उत्पन्न नहोस् र सत्य तथ्य जानकारी मिलोस् भनेर भाइबरले कोरोना भाइरससम्बन्धी सही समयको अद्यावधिक गर्न र जानकारी प्रदान गर्न एक आधिकारिक डब्लुएचओ बट पनि प्रस्तुत गरेको छ । ‘यो चुनौतीपूर्ण समयमा, हामीले साथीभाइहरु र परिवारहरु, विद्यार्थीहरु र शिक्षकशिक्षिकाहरु, कर्मचारीहरु र साझेदारहरुबीच एकअर्कामा निरन्तर सम्पर्क गराइराख्न समेत आवश्यक पहलहरु चलाइरहेका छौं । हाम्रा प्रयोगकर्ताहरुले हामीमाथि भरोसा गर्नु हुन्छ र हामी उहाँहरुको अनुभवलाई निरन्तर बढाउँदै लग्नेछौं, सँगसँगै मानिसहरुलाई सुरक्षित एवं स्वतन्त्ररुपमा सम्पर्कमा पनि राखिराख्नेछौं’, राकुटेन भाइबरका सीईओ जमेल अगाउवाले भने ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x