हिमालय एयरलाइन्स र अर्थोपेडिक अस्पतालबीच सहकार्य
काठमाडौं । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी क्षेत्रको हिमालय एयरलाइन्स र नेपाल अर्थोपेडिक अस्पतालबीच सहकार्य हुने भएको छ । हिमालयले सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पतालसँग सहकार्य गर्न लागेको विज्ञप्तिमार्फत जनाएको हो ।
एयरलाइन्सका अध्यक्ष झोउ एन्योङले नेपाल अर्थोपेडिक अस्पतालका अध्यक्ष सामदेन लामा र मेडिकल निर्देशक डा. कैलाशकुमार भण्डारीलाई दुई टनको स्ट्यान्डिङ एयर कन्डिसनर हस्तान्तरण गरेका छन् । अस्पतालको सगरमाथा जनरल वार्डमा एयर कन्डिसनर जडान गरिएको छ । उक्त वार्डमा आवश्यकताका आधारमा आर्थिक अवस्था कमजोर भएका बिरामीले सस्तो सेवा शुल्कमा गुणस्तरीय अर्थोपेडिक सेवा पाउने अस्पतालले जनाएको छ ।
अस्पताल परिसरमा आयोजित हस्तान्तरण कार्यक्रमपछि एयरलाइन्सका अध्यक्ष एन्योङ्गले एयरलाइन्सले उडान क्षेत्रमा मात्रै नभई सामाजिक उत्तरदायित्वको क्षेत्रमा पनि सहयोग गर्ने बताए । उनले समाजप्रतिको जिम्मेवारी पूरा गर्नका लागि सहयोग गरिएको बताउँदै यस सहयोगबाट अस्पतालले थप गुणस्तरीय सेवा प्रदान गर्न मद्दत मिल्ने उल्लेख गरे ।
अध्यक्ष एन्योङ्गले अहिलेको सहयोगले आवश्यकता परेका बिरामीको उपचारमा सहज हुने बताए । उनले नेपाल अपाङ्ग संघका पदाधिकारीद्वारा हेरचाह गरिने बालबालिकाका लागि अनाथ आश्रमका लागि पनि सहयोग गर्ने बताए । उनले एयरलाइन्सको इन्फ्लाइट पत्रिकाको नाफाबाट आउने केही अंश सामाजिक उत्तरदायित्वका लागि योगदान गर्ने प्रतिबद्धता जनाए । निर्देशक डा कैलाशकुमार भण्डारीले हिमालयको तर्फबाट भएको मानवीय र उद्दार कार्यको प्रशंसा गरे ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
- २७ सय ५३ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया