सीजी एग्रोटेक र डीएमसीसीबीच सम्झौता
काठमाडौं । सीजी एग्रोटेकले विश्वको फ्ल्यागसिप फ्रि जोन डीएमसीसी र दुबई प्राधिकरणसँग कमोडिटी ट्रेडका लागि सम्झौता गरेको छ । सम्झौतापछि कृषि क्षेत्रमा दक्षिण एसियाका राष्ट्रहरूसँग द्विपक्षीय व्यापार बढाउन मद्दत पुग्ने सीजी एग्रोटेकको विश्वास छ ।
हालै सम्पन्न समारोहमा एग्रोटेकका प्रबन्ध निर्देशक वरुण चौधरी र डीएमसीसीका चिफ अपरेटिङ अफिसर फेरयाल अहमदीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । यस सहकार्यले डीएमसी र सीजीएग्रोटेकबीच बलियो सम्बन्ध स्थापना गर्नुका साथै डीएमसीसीका सदस्य कम्पनीका लागि व्यापार, लगानी र बजार पहुँच बढाउनसमेत सहयोग पुग्ने कम्पनीले जनाएको छ ।
यसबाहेक साझेदारीले ज्ञान र सूचनाको आदानप्रदानलाई बढावा दिनेछ भने विशेषगरी कफी, चिया र महको निर्यातमा रहेका अवसर तथा अप्ठ्याराहरूको सम्बोधन गर्न मद्दत गर्ने विश्वास कम्पनीको छ ।
सम्झौताले नेपाल र युएईबीच रहेको कृषि व्यापार सम्बन्ध अझ सुदृढ र बलियो हुने प्रबन्ध निर्देशक चौधरीले बताए । डीएमसीसीसँग रहेको २३ हजार सदस्य कम्पनीहरूको व्यापक नेटवर्कको लाभ उठाउँदै र पारस्परिकरूपमा लाभदायक अवसरहरूको अन्वेषणले द्विपक्षीय व्यापारलाई अझ व्यापक बनाउनका लागि यसले महत्वपूर्ण प्रभाव पार्ने उनको भनाइ छ । डीएमसीसीका चिफ अपरेटिङ अफिसर फेरयाल अहमदीका अनुसार हालका वर्षहरूमा दक्षिण एसियामा कृषि वस्तुको आयातमा उल्लेखनीय वृद्धि भएको र यो वृद्धिदर जारी रहने देखिएको छ । साथै, खाद्य सुरक्षामा आएको जागरुकताका कारण विश्वव्यापीरूपमा कृषि वस्तुहरूको माग अझ बढ्ने उनले जनाएका छन् ।
सीजीएग्रोटेकले चिया, कफी र महलगायत उच्चगुणस्तरका जडीबुटी र उत्पादनहरूको निर्यात गर्दै आएको छ । सीजीएग्रोटेक र डीएमसीसीबीचको सहकार्यले यस क्षेत्रको कृषि व्यापारमा नयाँ आयाम ल्याउने र कृषि क्षेत्रको वृद्धिलाई सहज बनाउँदै नेपाल र दक्षिणपूर्वी एसियाबीचको सम्बन्धलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया