हस्तकला ऐन पारित गर्न माग
काठमाडौं । नेपाल हस्तकला महासंघले हस्तकला ऐन पारित गर्न माग गरेको छ । महासंघले हस्तकला क्षेत्रको प्रभावकारी विकासका लागि आवश्यक नीति नियमहरूको तर्जुमा गरी यथाशीघ्र ऐन पारितको प्रक्रिया अघि बढाउन बाग्मती प्रदेश सरकारसँग माग गरेको हो ।
मुख्यमन्त्री, मन्त्री तथा सांसदहरूसँगको छलफलमा महासंघका अध्यक्ष प्रचण्ड शाक्यले नेपाली हस्तकला वस्तुहरूको सूची, यस क्षेत्रको विकास तथा प्रवर्द्धनमा भएका नीतिगत पैरवी, विद्यमान समस्याहरू र भावी योजना तथा कार्यक्रमका बारेमा जानकारी गराएका थिए । उनले बागमती प्रदेशमा ८० प्रतिशतभन्दा बढी हस्तकला विद्यमान रहेको भन्दै हस्तकला ग्राम स्थापनाका लागि आवश्यक नीति तर्जुमा गर्न पनि आग्रह गरे ।
यसैगरी, सार्क हस्तकला विकास केन्द्रको भवन निर्माण सम्पन्न भइसकेकाले सो केन्द्रको सञ्चालनार्थ महासंघलाई हस्तान्तरण गर्न पनि उनीहरूले माग गरेको महासंघले जनाएको छ । यस्तै, प्रदेश सांसद शैलेन्द्रमान बज्राचार्यले हस्तकला युवा वर्गलाई स्वरोजगार र आय आर्जनको प्रमुख स्रोत हुने हुँदा हस्तकला ऐन चाँडो पारित गर्नुपर्नेमा जोड दिए ।
छलफलमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हस्तकला व्यवसाय मात्र नभई नेपालको सम्पदा, कला, संस्कृति, रीतरिवाज, धर्मलगायत राष्ट्रकै समग्र पहिचान भएको बताए । सरकार परिवर्तन भए पनि सरकारको आधारभूत नीति परिवर्तन हुन नहुनेमा उनले जोड दिए । उनले सरकारको तर्फबाट अविलम्ब हस्तकला ऐन पारित गराउने प्रक्रिया अघि बढाउने आश्वासन पनि दिएका छन् ।
बैठकमा सहभागी र्आिर्थक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा (तामाङ) ले हस्तकला ऐन चाँडो पारित गराउने गरी विधेयक संसद्मा लैजाने आश्वासन दिए । हस्तकलाको मोल नहुने बताउँदै यसलाई उपभोक्ताले भवन, क्वार्टर बनाउँदा प्रयोग गर्नुपर्नेमा जोड दिए । पर्यटन, उद्योग तथा सहकारीमन्त्री पुकार महर्जनले हस्तकला उद्योग व्यवसायलाई परिष्कृतरूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याउँदै वातवरण अनुकूल बनाउनुपर्नेमा जोड दिए । यस्तै, मन्त्री रामकृष्ण चित्रकारले हस्तकला नेपालको मौलिक पहिचान भएको, संस्कृति र सम्पदासँग जोडिनुका साथै बागमती प्रदेशको महत्वपूर्ण आर्थिक मेरुदण्ड भएको बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया