विराटनगरमा महिन्द्रा पावरोल डिजल जनेरेटरको डिलर
काठमाडौं । अग्नि मोटोइङ्कले विराटनगरमा महिन्द्रा पावरोल डिजल जनेरेटरहरू नयाँ डिलर सञ्चालनमा ल्याएको छ । एमएस प्याक्ट पावर प्रालिको नामबाट महिन्द्रा पावरोलको नयाँ डिलर सार्वजनिक भएको हो ।
कार्यक्रममा अग्नि ग्रुपका एमडी क्याबिनेट श्रेष्ठले महिन्द्रा पावरोल नेपालको जनेरेटर उद्योगमा अग्रणी र सबै रोजाइमा रहेको दाबी गरे । महिन्द्रा पावरोलले आवश्यकताअनुसार जेनेरेटर उपलब्ध गराउने बताए । देशभरका निर्माण, होटल, अस्पताल, बैंक र सरकारी कार्यालयमा समेत सो कम्पनीको जेनेरेटर लोकप्रिय रहेको दाबी गर्दै श्रेष्ठले यो सेवा विराटनगरमा पनि विस्तार गर्न पाउँदा आफूहरू खुसी रहेको बताए ।
प्याक्ट पावरका एमडी दर्शन कार्कीले महिन्द्रा पावरोल डिजल जनेरेटरहरूले कम ध्वनि प्रदूषण गर्नुका साथै इन्धन बचत गर्ने दाबी समेत गरे । ग्राहकको सन्तुष्टि तथा बिक्रीपछिको सेवामा विशेष ध्यान दिने भएकोले यो कम्पनी ग्राहकमाझ लोकप्रिय रहेको उनको बुझाइ थियो ।
अग्नि ग्रुपले महिन्द्रा युटिलिटी भेहिकल, ट्र्याक्टर तथा इलेक्ट्रिक सवारीको आयात तथा वितरण गर्ने गरेको छ । हाल महिन्द्रा पावरोल जनेरेटर पाँच केभिएदेखि ६२५ केभीएसम्मका २८ मोडेल नेपाली बजारमा उपलब्ध छन् । यसका साथै महिन्द्रा पावरोलले आफ्ना जनेरेटरमा राम्रो इन्धन कुशलता र कम कार्बन उत्सर्जन गर्ने विश्व प्रमाणित डिजिटल पावर नियन्त्रण (डीपीसी) मोड्यूलहरू प्रयोग गर्दछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया