Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबुटवल पावर कम्पनी गोल्ड अवार्डबाट सम्मानित

बुटवल पावर कम्पनी गोल्ड अवार्डबाट सम्मानित


काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड गोल्ड अवार्डबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाले प्रदान गर्ने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कारमा रहेका विभिन्न विधामध्ये सो पुरस्कारबाट सम्मानित भएको हो ।

संस्थाले आर्थिक वर्ष २०७८/७९ (२०२१/२२) मा कम्पनीले प्रकाशित गरेको वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरिएको कम्पनीले जनाएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा प्रकाशशरण महत र आइक्यानका अध्यक्ष भाष्कर सिंह लामाले संयुक्तरूपमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तरकुमार श्रेष्ठलाई उक्त अवार्ड प्रदान गरिएको हो । यस अवार्डले कम्पनीलाई आगामी दिनहरूमा अझ बढी परिष्कृत वित्तीय विवरण प्रकाशित गर्न हौसला मिलेको कम्पनीले जनाएको छ । कम्पनीको परिष्कृत वार्षिक प्रतिवेदनले साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) ले दक्षिण एसियालीस्तरमा आयोजना गर्ने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डका लागि समेत प्रतिस्पर्धा गर्नेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया