ओप्पो ग्लोबल मार्केटिङ प्रमुखमा ‘लाई ल्यू’ नियुक्त
काठमाडौं, वैशाख १६
ओप्पोले ‘लाई ल्यू’लाई ग्लोबल मार्केटिंगका रुपमा नियुक्त गरेको घोषणा गरेको छ । उनले चीनका सीएमओका रुपमा समेत रहँदै ओप्पोका प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक टोनी चन्लाई डाइरेक्ट रिपोर्टिंग गर्नेछन् । साथै, ब्रायम शेनले उनको व्यक्तिगत स्वास्थ्यका कारण आफ्नो पदभारबाट डाउन स्टेप गर्ने जानकारी पनि दिइएको छ ।
आईडीसीका अनुसार सन् २०१९मा ओप्पोको शिपमेन्ट वैश्विक रुपमा १ सय १४ दशमलव ३ मिलियन पुगेको छ । यसका साथै ८ दशमलव ३ प्रतिशत बजार हिस्साका साथमा ओप्पो ग्लोबल स्मार्टफोन मार्केटमा पाँचौँ स्थानमा रहन सफल रहेको छ । हाल ओप्पोको प्रमुख लक्ष्य ग्लोबलाइजेसन हो । कम्पनीका अनुसार ओप्पोका लागि वैश्विक बजारमा उपस्थिति उत्पादनको बिक्रीका लागि मात्र नभई संघटन/एकीकरण तथा वैश्विक संसाधनको उपयोग गर्दै हरेक बजारमा आफ्नो प्रतिबद्धतालाई थप गहिराइ प्रदान गर्नु हो ।
वैश्विक बजारमा ओप्पोको बृहत्तर विकाससँगै अझ सटिक वैश्विक तैनाथीका लागि नयाँ रणनीति अपनाउनु आवश्यक रहेको कम्पनीले जनाएको छ । भविष्यमा ओप्पोले आफ्ना प्रमुख बजारहरुमा ग्लोबलाइजेसन क्षमतामा विस्तार गर्दै आफ्ना उपभोक्तालाई अझ उत्कृष्ट सेवा तथा उत्पादन उपलब्ध गराउने जनाएको छ । अप्रिल २० बाट व्यक्तिगत स्वास्थ्य अवस्थाका कारण कम्पनीका ग्लोबल मार्केटिङका निबर्तमान अध्यक्ष ब्रायन शिनले आफ्नो पदबाट स्टेप डाउन गरेको जानकारी पनि दिइएको छ । साथै, उनको साथ र सहयोगको कदर गर्दै चाँडै नै कम्पनीमा फर्कने आशा रहेको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- इजरेल किन अधीनस्थ वेस्ट ब्याङ्कमा बस्ती बसाउने काम रोक्दैन ?
- दुर्घटना अपडेटः बसको ठक्करबाट घाइते महिलाको पनि मृत्यु
- उदाउँदो चन्द्रमालाई अघ्र्य दिँदै चौठचन्द्र पर्व सम्पन्न
- राजनीतिक परिवर्तनप्रति कर्मचारीहरुले गरेको योगदान प्रशंसायोग्य छ :प्रधानमन्त्री
- हरितालिका (तीज) : पशुपतिनाथलगायत देशभरका शिवालयमा बिहानैदेखि भीड
- संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन प्रधानमन्त्री ओली न्यूयोर्क जानुहुने
- जेष्ठ नागरिकको अवस्था
- नेपालको वैदेशिक व्यापारमा चुनौतीहरू
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया