खल्तीको अफरमा पाँच जनाले जिते पल्सर एन १६०
काठमाडौं । खल्तीको वार्षिक अफर ‘द बिगेस्ट पेमेन्ट जात्रा’ मा पाँच जनाले पल्सर एन १६० जितेका छन् । आठ लाख ६८ हजारभन्दा बढी प्रयोगकर्ताको सहभागिता रहेको सो जात्रा असार ३१ गते सकिएको थियो ।
अफरमा पाँच जनाको लागि पल्सर एन १६० बाइक, दुई जनालाई आईफोन १४, वानप्लस ११, डायमण्ड रिङलगायतका उपहारहरू समावेश गरिएको थियो । यसबाहेक प्रयोगकर्ताले प्रत्येक भुक्तानीपछि स्क्र्याच कार्ड प्राप्त गरेको कम्पनीले जनाएको छ ।
त्यस्तै, प्रत्येक दिन भर्चुअल खुत्रुकेबाट ५० वटा स्मार्टवाचहरू, ३० वटा इयरबडहरू, पाँच सयवटा चलचित्र टिकटहरू र करोडौँ मूल्यका कुपनहरू वितरण गरिएको थियो । पाँचवटा पल्सर बाइकका बिजेताहरू यसअफर अवधिभर फेसबुक लाइभमार्फत घोषणा भइसकेको कम्पनीले जनाएको छ । पल्सर बाइकका विजेतामा बिटु साह कल्वार, प्रदीप धिताल, लक्ष्मण डेली स्टोर, नरेन्द्र महर्जन र निहाल आयुर्वेदिक फर्मा रहेका छन् । बाइकहरू विभिन्न चार राउन्ड र बोनस राउन्ड गरी पाँच राउन्डमा वितरण गरिएको थियो । साथै, अन्य बम्पर उपहारहरूका भाग्यशाली विजेताहरू पनि घोषणा भइसकेको कम्पनीले जनाएको छ । दुई महिनाको अवधिमा अन्य उपहार र कुपनमार्फत दुई करोड ९० लाखभन्दा बढी र खुत्रुकेमार्फत पाँच करोड ३० हजारभन्दा बढीको उपहार खल्ती प्रयोगकर्ताले पाएको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया