Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरियलमी ११ प्रो सिरिज ५ जी नेपालमा

रियलमी ११ प्रो सिरिज ५ जी नेपालमा


काठमाडौं । रियलमीको रियलमी ११ प्रो सिरिज ५जी नेपाली बजारमा उपलब्ध भएको छ । रियलमी ११ प्रो ५जी र रियलमी ११ प्रो प्लस ५जी गरी दुई भेरियन्टहरू नेपाली बजारमा सार्वजनिक गरिएको हो ।

कम्पनीका अनुसार रियलमी ११ प्रो प्लस ५जी यस वर्षको उत्कृष्ट फ्ल्यागसिप क्यामरा फोन हो, यो फोटोग्राफीमा रूचि राख्नेहरूको लागि पनि उचित रहेको बताइएको छ । नयाँँ रियलमी ११ प्रो सिरिज ५जीको क्यामरा मात्र नभएर डिजाइन पनि उत्तिकै दमदार र लक्जरियस रहेको छ । प्रसिद्ध ब्रान्ड गुचीका पूर्व प्रिन्ट र टेक्सटाइल डिजाइनर म्याट्टियो मेनोट्टोसँगको सहकार्यमा रियलमी ११ प्रो ५जी र रियलमी ११ प्रो प्लस ५जीको डिजाइन गरिएको कम्पनीको भनाइ छ ।

रियलमी ११ प्रो प्लस फाइभजी : रियलमी ११ प्रो प्लस ५जीमा भएको सबैभन्दा मुख्य फिचर हो, यसमा २०० एमपीको ओआइएस सुपरजुम क्यामरा रहेको छ । यस्तै, यसको क्यामरामा आइसोसेल एचपी ३ सुपरजुम सेन्सर रहेको छ, जसको सेन्सर साइज १÷१.४ इन्चको रहेको कम्पनीको भनाइ छ । त्यस्तै, एफ १.६९ को एपर्चर साइज रहेको यो मोबाइलमा चार गुणासम्म लसलेस जुम सपोर्ट गर्ने इन सेन्सर जुम टेक्नोलोजी रहेको छ । त्यस्तै, यसको नयाँँ अटो जुम फिचरले एक ट्यापमै सेलेक्ट गरिएको एरियालाई स्वतः पहिचान गरेर इन्टिलिजेन्ट तरिकाले आफँै एङ्गल मिलाएर जुम गर्ने बताइएको छ ।

रियल मी ११ प्रो फाइभजी : कम्पनीका अनुसार रियलमी ११ प्रो फाइभ जी पनि रियलमी ११ प्रो प्लस फाइभ जीको जस्तै प्रिमियम डिस्प्लेमा उपलब्ध छ । यसमा भएको अर्को बलियो पक्ष भनेको २१६० हर्जको पीएमडब्ल्यु डिमिङसहितको १२० हर्जको कभर्ड डिस्प्ले पनि हो । त्यस्तै, यसमा सनलाइट स्क्रिन र २० हजार लेभलको अटोम्याटिक ब्राइटनेस एड्जस्टमेन्ट पनि रहेको छ । प्रयोगकर्ताको आँखाको सुरक्षा र सुविधालाई मध्यनजर गरेर यसको डिजाइन गरिएको कम्पनीको भनाइ छ ।

यसमा पनि रियलमी ११ प्रो प्लस फाइभ जीको जस्तै एस्थेटिक डिजाइन छ । यसको मेन प्याटर्नलाई नै सनराइज बिज, ओसिस ग्रिन, अस्ट्रल ब्ल्याकजस्ता सुन्दर रङहरू दिइएको छ । रियल मी ११ प्रो ५ जी मा १०० एमपीको प्रोलाइट क्यामरा रहेको छ । त्यस्तै, यसको सेन्सरले दुई गुणा लसलेस जुम पनि सपोर्ट गर्छ । अटो जुम मोड, सुपर नाइट एस्केप मोड, स्ट्रिट फोटोग्राफी मोड ४.० जस्ता आकर्षक फिचरहरू यसको क्यामरामा रहेका कम्पनीले जनाएको छ । डाइमेन्सिटी ७०५० फाइभ जी चिपसेट राखिएको यो फोन यु आइ ४.० मा चल्छ । यस फोनको ब्याट्रि पनि ५ हजार एमएएच्को छ भने ६७ वाटको सुपरभोक चार्जिङ सपोर्ट गर्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया