टाटा जेन्युइन स्पेयर पार्ट्सको मूल्य घट्यो
काठमाडौं । सिप्रदी कम्पनिजले टाटाका जेन्युइन पार्टसहरूको मूल्य घटाएको छ । हाल विद्यमान प्रतिकूल परिस्थितिको कारणले ग्राहकमा पर्न गएको असरलाई केही कम गर्ने उद्देश्यले टाटा कमर्सियल गाडीको जेन्युइन पार्ट्सको मूल्य समायोजन गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार सिप्रदीको ग्राहकमुखी अवधारणाअनुरूप टाटा जेन्युइन पार्ट्सको मूल्य घटाइएको हो । सिप्रदी सर्भिस सेन्टर, आधिकारिक सर्भिस सेन्टर, टाटा जेन्युइन् पार्ट्सको डिलर नेटवर्क, च्याम्पियन जोन, सर्टिफाइड ग्यारेज र आकस्मिक मर्मत सेवा केन्द्रमा साउन महिनादेखि नै समायोजित मूल्य लागू भएको कम्पनीले जनाएको छ । अब टाटा कमर्सियल गाडीका ग्राहकले सिप्रदीका वर्कशपमा गाडीको चेकजाँच गर्दा कम खर्चमा टाटा जेन्युइन पार्ट्सको प्रयोगबाट गुणस्तरीय सर्भिसिङको फाइदा उठाउन सक्ने कम्पनीको भनाइ छ । मूल्य समायोजनपश्चात् ग्राहकको व्यवसाय तथा मुनाफामा सकारात्मक प्रभाव पर्ने कम्पनीले विश्वास लिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया