एनआरएनएद्वारा ४१ देशका ३० हजार नेपालीलाई राहत वितरण
काठमाडौं, वैशाख १६
गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिले राहत वितरण, स्वदेश फिर्ता र पुनस्र्थापनाको कार्यक्रमलाई युद्धस्तरमा अघि सारेको जनाएको छ । संघका महासचिव डा. हेमराज शर्माका अनुसार ४१ देशका २४ हजारभन्दा बढी गैरआवासीय नेपालीले राहत सामग्री प्राप्त गरेका छन् । उनीहरुलाई राहत वितरण गर्नको लागि ४१ देशका १ सय ५० भन्दा बढी सहरमा ९ सयभन्दा बढी स्वयं सेवक राहतका लागि खटिएका छन् । संघका राष्ट्रिय समिति र अन्तर्राष्ट्रिय परिषद्ले स्थापना गरेको २४औं घण्टे हटलाइनबाट ७ हजारभन्दा बढी नेपालीले परामर्श लिएको डा. शर्माले जानकारी दिएका छन् । ७० जनाभन्दा बढी मेडिकल डाक्टरले १ हजार २ सयभन्दा बढी नेपालीलाई स्वास्थ्यसम्बन्धी परामर्श दिएका छन् ।
यस्तै राष्ट्रिय समन्वय परिषद्ले पौने ३ करोड रुपैयाँको राहत कोष स्थापना गरिसकेको छ । कोषको रकम बढ्दो छ । एनआरएनए कोरिया, चीन, मकाउ, हङकङ र युएईले २ करोड रुपैयाँभन्दा बढीको स्वास्थ सामाग्री नेपाल पठाएका छन् । एनआरएनए अन्तर्रा्ष्ट्रिय समन्वय परिषद्ले ५ करोड रुपैयाँको राहत कोष लक्ष्यसहित फन्ड रेजिङ क्याम्पेन अगाडि बढाएको संघका कोषाध्यक्ष महेश कुमार श्रेष्ठले जनाए । यसको लागि संघले क्राउड फन्डिङ क्याम्पेनिङ (धेरै जनाबाट थोरै थोरै रकम उठाउने व्यवस्था) गरेको छ । डेविट वा क्रेडिट कार्डबाट अनलाइन वा मोबाइल फोनको रेस्पेक्ट एन्ड राइज एप्स प्रयोग गरी डोनेसन गर्न सकिने व्यवस्था गरेको संघको कोभिड १९ उच्चस्तरीय समितिले जनाएको छ ।
संघले स्थानीयरुपमा सहयोग जुटाउन अफ्ठेरो परेका देशहरुमा आईसीसीले राहत रकम वितरण सुरु भइसकेको जनाएको छ । हालसम्म मध्यपूर्वका कुवेत, युएई, सउदी अरबलाई ५–५ हजार युएस डलर र युरोपको साइप्रसलाई ३ हजार युएस डलर रकम उपलब्ध गराएको छ । आवश्यकताअनुसार अन्य देशहरुलाई पनि उपलब्ध गराउने योजना रहेको संघका अध्यक्ष तथा उच्चस्तरीय समितिका संयोजक कुमार पन्तले जानकारी दिए । यसैगरी नियन्त्रित र सुरक्षित स्वदेश फिर्ताको रणनीतिक योजना बनाई सरकारलाई उच्चस्तरीय समितिले बुझाएको छ । यो योजना जनस्वास्थ्य विज्ञ र मेडिकल डाक्टरहरुको टिमले तयार पारेको हो ।
पुनर्स्थापना र स्वदेश फिर्ता भएका नेपालीमा कसरी पुनर्स्थापन गर्न सकिन्छ, उनीहरुले बाहिर सिकेको ज्ञान र सिपलाई कसरी देश विकासमा सदुपयोग गर्न सकिन्छ भन्नेबारे योजना बन्दै गरेको उच्चस्तरीय समितिले जनाएको छ । स्वास्थ्य समितिले महामारीको सुरुदेखि नै स्वास्थ्य शिक्षामूलक सामग्रीहरु तयार गरी विद्युतीय माध्यम र सोसिएल मेडियाबाट सचेतना, रोकथाम र प्रवर्द्धनको कार्यक्रमलाई जारी राखेको संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले जानकारी दिए ।
स्वास्थ्य समितिले साप्ताहिक रुपमा संक्रमित र मृत्यु हुनेको तथ्यांक तयार पार्ने गरेको छ । २५ अप्रिल २०२० साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ४९ पुगेको छ, जसमा बेलायतमा ३३, अमेरिका १०, युएई २, आयरल्याण्ड १, जापान १, टर्कि १ र नेदरल्याण्डमा १, जनाको ज्यान गएको हो । करिब २ हजार जना संक्रमित भएका छन् । राहत, उद्धार र पुर्स्थापना कार्यक्रमका लागि नेपाल सरकार, सरोकारवाला निकाय, विदेशस्थित नेपाली कूटनीतिक नियोगहरु र अन्तर्राष्ट्रिय संघ संस्थाहरुसँग निरन्तर सम्पर्क र सहकार्यमा काम गर्दै उच्चस्तरीय समितिले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया