सिनेरोयल : सिनेम्याटिक अनुभवमा नयाँ बेन्चमार्क
काठमाडौं । नेपालगञ्जमा तीन स्क्रिनको आधुनिक लक्जरी सिनेमा हल सिनेरोयल सञ्चालनमा ल्याइएको छ । भारतीय पर्यटकलाई लक्षित गरी नेपालगञ्जमा तयार गरिएको अत्याधुनिक मल्टिप्लेक्स सिनेमा हल सिनेरोयलले सबै चलचित्र प्रेमीका लागि नयाँ ढोका समेत खोलेको बताइएको छ ।
यसले नेपालका सिनेमा घरप्रतिको वर्तमान धारणालाई पनि परिवर्तन गरेको छ । अत्याधुनिक प्रविधि, आलिसान सिटिङ, इमर्सिभ साउण्ड र भव्य वातावरणका कारण सिनेरोयलले नेपालमा सिनेमा थिएटरका लागि अभूतपूर्व बेन्चमार्क स्थापित गरेको सिनेरोयलका सञ्चालक डा राहुल थापा बताउँछन् । उनका अनुसारमा तीन ओटा अडिटोरियममा ५६० सीटका साथ सिनेरोयल आधुनिक कला डेको डिजाइनको उत्कृष्ट बेजोड नमुना पनि हो । सञ्चालक डा थापाको वर्षौंको अनुसन्धान र मेहनतको परिणामको रूपमा यो रंगमञ्च तयार भएको सिनेरोयलले जनाएको छ । यो सिनेमा हलमा अमेरिकाबाट आयातित सबै अडिटोरियममा नेपालकै पहिलो जेबीएल एटमोस साउण्ड सिस्टम रहेको छ ।
यसैगरी प्रक्षेपण प्रणालीमा बेल्जियमको २० हजार लुमेन्स बारको प्रोजेक्टरहरू ग्यालालाइट मिराज ३.२ थ्री डी प्रिजम सिल्भर स्क्रिन र हङकङको ३ बीम गेट–डी थ्रीडी प्रणाली रहेको छ । यसले एक उत्कृष्ट गुणस्तरको पिक्चर र रंग संयोजन प्रदान गर्ने बताइएको छ । नेपालमै पहिलोपटक मलेसियाबाट आएको स्पेक्ट्रम सिटिङसँगै सिटिङ कम्फर्टलाई प्राथमिकता दिइएको छ । थिएटरले आफ्ना सबै थिएटरमा रिक्लाइनर, लाउन्जर र स्लाइडर सिटहरूको आरामदायी मिश्रण प्रदान गर्दछ । साथै, यहाँ उपलब्ध स्वादिलो खाना अमेरिकादेखि भित्र्याइएका अग्रेणी टेक्नोलोजीबाट निर्मित एक पूर्ण बिजुली पर्यावरण–अनुकूल भान्सामा तयार हुन्छ । जुन निकै नै फ्रेश तथा स्वादिलो रहेको बताइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया