एसबी र फिनबोट्सबीच सहकार्य
काठमाडौं । एसबी सोल्युसन्सले सिंगापुरस्थित फिनबोट्स डट एआईसँग सहकार्य गरेको छ । दुई कम्पनीबीच एआईमा आधारित क्रेडिट रिस्क मोडलिङ प्लेटफार्म क्रेडिट एक्स नेपालमा ल्याउनका लागि सहकार्य गरिएको कम्पनीले जनाएको छ ।
यस रणनीतिक साझेदारीले गर्दा नेपालका बैंक तथा अरू वित्तीय संस्थाले एआईको प्रयोग गरिएको उत्कृष्ट डिजिटल जोखिम मोडलिङको अभ्यास प्रयोग गर्न सक्ने बताइएको छ । फिनबोट्सको एआई क्रेडिट एक्सले क्रेडिट स्कोरिङमा पनि सहयोग गर्ने कम्पनीको भनाइ छ । सही डेटा, छोटो समय र प्रोडक्ट तुलनात्मकरूपमा सस्तो पनि रहेकाले क्रेडिट एक्स धेरैले रुचाएको कम्पनीको दाबी छ ।
फिनबोट्स डट एआईका संस्थापक तथा सिइओ सञ्जय उप्पालले कम्पनीको लक्ष्य एआईमा आधारित क्रेडिट स्कोरिङ फिचर नेपाली वित्तीय संस्थालाई दिएर सशक्तीकरण गर्ने रहेको बताए । यस सहकार्यले क्रेडिट अन्डरराइटिङको प्रक्रियालाई पनि सहज पु-याउने दुवै कम्पनीको विश्वास छ । यस प्रोडक्टको प्रयोगमार्फत स्वीकृति दर २० प्रतिशतले र घाटा दर १० प्रतिशतले कम हुने कम्पनीको दाबी छ ।
क्रेडिटएक्सले परिचालन दक्षता २० प्रतिशतले वृद्धि र लागत २० प्रतिशतले कम गर्नका लागि पनि मद्दत गर्ने बताइएको छ । एसबी सोल्युसन्सका संस्थापक तथा सीईओ सन्जोग मिश्राले क्रेडिटएक्सले एसबी सोल्युसन्सको इनोभेटिम सोल्युसन प्रदान गर्ने लक्ष्यसँग मेल खाने हुँदा सहकार्यप्रति एकदमै हर्षित रहेको जनाएका छन् ।
एसबी सोल्युसन्स र फिनबोट्स डट एआई दुवै एआई–सञ्चालित क्रेडिट स्कोरकार्डहरूको सहज एकीकरण सुनिश्चित गर्नका लागि नेपालमा वित्तीय संस्थाहरू, नियामकहरू र उद्योग सरोकारवालाहरूसँग मिलेर काम गर्न प्रतिबद्ध रहेको बताएका छन् । यसले, देशमा वित्तीय समावेशीकरण र दिगो आर्थिक वृद्धिलाई अगाडि बढाउन मद्दत गर्ने कम्पनीको बुझाइ छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया