Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगह्याप्पी चिल्ड्रेन होमलाई लायन्स क्लबको सहयोग

ह्याप्पी चिल्ड्रेन होमलाई लायन्स क्लबको सहयोग


काठमाडौं । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ जेका क्लबहरूले फर्पिङ सतिखेलमा रहेको ह्याप्पी चिल्ड्रेन होममा ४० हजार रुपैयाँ बराबरको सहयोग गरेका छन् । १४ वर्षदेखि सञ्चालनमा रहेको उक्त चिल्ड्रेन होममा खाद्यान्न अभाव रहेको थाहा पाएपछि डिस्ट्रिक्ट ३२५ जेको रिजन १२, जोन ३ र ४ अन्तर्गत रहेका क्लबहरूले चामल, ग्यास, चाउचाउ, बिस्कुटलगायतका खाद्यान्न र स्टेसनरी सामग्रीहरू प्रदान गरेका क्लबले जनाएको छ । जोन चेयरपर्सन लायन रोशनकुमार श्रेष्ठले आगामी दिनमा संस्थासँग मिलेर सांगीतिक कार्यक्रम गरी ह्याप्पी चिल्ड्रेन होममा सहयोग गर्ने बताए ।

रिजन चेयरपर्सन लायन सुनिता श्रेष्ठ, जोन चेयरपर्सनहरू लायन रोशनकुमार श्रेष्ठ, लायन बद्रीनाथ ढकालको सक्रियतामा ४० हजार बराबरको सहयोग गरिएको क्लबले जनाएको छ । यो कार्यमा लायन्स क्लब अफ काठमाडौं अटो नेपाल, लायन्स क्लब अफ काठमाडौं युनाइटेड सेन्टर, लायन्स क्लब अफ काठमाडौं अटोमोबाइल, लायन्स क्लब काठमाडौं पिसफुल, लायन्स क्लब अफ काठमाडौं जामाचो, लायन्स क्लब अफ काठमाडौं वनस्थली, लायन्स क्लब अफ काठमाडौं न्यु इन्नोभेटिभ र जामाचो टोखा लियो क्लबको साथ थियो । आवश्यकता भएको स्थानमा सहयोग गर्ने लायन्स क्लबको उद्देश्यअनुरूप ह्याप्पी चिल्ड्रेन होमलाई सहयोग गरिएको रिजन चेयरपर्सन लायन सुनिता श्रेष्ठले बताइन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया