सौर्य मिनिग्रिडबाट एक सय ९१ घरमा विद्युत्
काठमाडौं । ओखलढुङ्गामा सौर्य मिनिग्रिडबाट एक सय ९१ घरमा विद्युत् उपलब्ध गराइएको छ । जिल्लाको अतिविकट मानिने सुनकोशी गाउँपालिका–९ को ककनी गाउँमा सौर्य मिनिग्रिडबाट विद्युत् विस्तार गरिएको हो ।
ककनीमा छ करोड ४२ लाख ८८ हजार नौ सय ३३ रुपैयाँको लागतमा स्थापना गरिएको सौर्य मिनिग्रिडबाट आजदेखि विद्युत् उत्पादन सुरु गरिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले मिनिग्रिड उद्घाटन गर्दै यस मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा देशका विकट क्षेत्रमा पनि उज्यालो बनाउने अभियानमा सरकार जुटेको बताए । ककनी महत्वपूर्ण धार्मिक एवं पर्यटकीय क्षेत्र भए पनि विद्युत्को समस्या रहेकाले सौर्य मिनिग्रिड आयोजना सञ्चालन गरिएको उनको भनाइ थियो । त्यस अवसरमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका सहायक निर्देशक डा लक्ष्मणप्रसाद घिमिरेले परियोजनाको विस्तृत विवरण प्रस्तुत गरेका थिए । उनले आकलन गरेभन्दा निकै कम ऊर्जा खपत हुने देखिएकाले विद्युत् उपभोक्तालाई ऊर्जाको उच्चतम खपत गर्न लगाएर आर्थिकस्तर वृद्धि गर्न सुझाव दिए । ककनीमा विद्युत् उपलब्ध गराएर एउटा महत्वपूर्ण अभिभारा पूरा गरिएको वडाध्यक्ष हितराज कार्कीले बताए ।
उज्यालो सुनकोशी अभियान थालेको स्थानीय सरकारले अघिल्लो कार्यकालमा रुद्र अधिकारीको नेतृत्वमा विद्युतीकरणको काम सुरु थियो । भौगोलिक विकटताका कारण केन्द्रीय विद्युत् विस्तार गर्न खर्चिलो हुने र तत्काल विद्युतीकरणको सम्भावना नहुने भएकाले वडा नं ९ का तत्कालीन वडाअध्यक्ष तथा ऊर्जा विकास उपसमितिका संयोजक झनककुमार कार्कीले सौर्य मिनिग्रिड स्थापनाको योजना बनाएर पहल गरेका थिए । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ९० प्रतिशत र गाउँपालिकाको १० प्रतिशत लागतमा मिनिग्रिड स्थापना गरिएको हो । मिनिग्रिडबाट ककनीका एक सय ९१ घरधुरीका साथै स्थानीय विद्यालय र स्वास्थ्य संस्थामा समेत विद्युत् जडान गरिएको छ । मिनिग्रिड आयोजना २०७९ मङ्सिरदेखि सुरु गरिएको थियो ।
आयोजनामा गाउँपालिकाले ६० लाख र हाउस वायरिङका लागि वडा नं ९ ले दुई लाख रुपैयाँ उपलब्ध गराएको थियो । मिनिग्रिडको सुविधा नपुगेको १७ घरलाई भने ५० वाटका दरले सोलार वितरण गरिएको छ । विद्युत् सुविधासँगै अन्य थुप्रै सम्भावनाका स्रोत पनि थपिएको स्थानीयवासी नरबहादुर सुनुवारले बताए । केही वर्षअघिसम्म विकास बजेट नै नपुग्ने ककनीमा सडक, विद्युत्, खानेपानी, स्वास्थ्य इकाइसहितका सेवा पुगेपछि छोटो समयमै सुगम बनेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया