चामल, तेल, दाल उद्योग संघको अध्यक्षमा दुगड
काठमाडौं । नेपाल चामल, तेल, दाल उद्योग संघको अध्यक्षमा कुमुदकुमार दुगड चयन भएका छन् । राजधानीमा आइतबार सम्पन्न संघको ४४ औँ वार्षिक साधारणसभाले दुगडको अध्यक्षतामा आगामी दुई वर्षको लागि नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।
उनी यसअघि पनि दुई कार्यकाल संघको अध्यक्ष भइसकेका छन् । यस्तै, संघको अन्य पदाधिकारी तथा सदस्यहरू पनि निर्विरोध निर्वाचित भएका छन् । संघको प्रथम उपाध्यक्ष राम थापा, द्वितीय उपाध्यक्ष राहुल अग्रवाल, महासचिव दिपककुमार पौडेल, उपमहासचिव धिरज गोल्छा र कोषाध्यक्ष रतनलाल केडिया चयन भएका छन् । संघको निवर्तमान अध्यक्ष भने डा सुबोध कुमार गुप्ता हुन् । यस्तै, साधारणसभाले विभिन्न निर्णय पनि गरेको छ । धान आयातमा एक प्रतिशत भन्सार दर कायम गर्नुपर्ने, भारत सरकारले चामल निर्यातमा रोक लगाएको हुँदा नेपालमा चामलको अभाव हुन नदिन सरकारसँग मिलेर भारत सरकारसँग धान आयातको लागि पहल गर्ने, नेपालमा धानको उत्पादन बढाउन नेपाल सरकारको सहयोगमा सरकार, व्यवसायी र किसान मिलेर त्रिपक्षीय सम्झौतामा काम गर्न पहल गर्ने निर्णय गरेको छ ।
यसैगरी संघले कच्चा र तयारी दालमा कम्तीमा दुई तहको आयात दर कायम गर्न पहल गर्ने, मुसुरो दाल विदेश निकासी गर्दा दिँदै आएको प्रोत्साहन कायम गर्न पहल गर्ने, तयारी दाल आयात रोक्न पहल गर्ने, दाल निकासी गर्दा लाग्ने प्रति केजी एक रुपैयाँ निकासी शुल्क हटाउन पहल गर्ने, तोरीको तेलमा भ्याट हटाउन पहल गर्नेलगायतका निर्णय गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया