Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसामसङको टिभी खरिदमा तीन वर्षको वारेन्टी

सामसङको टिभी खरिदमा तीन वर्षको वारेन्टी


काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड सामसङ नेपालले सामसङ टिभीमा तीन वर्षसम्मको वारेन्टी दिने गरी नयाँ अफर ल्याएको छ । यो वारेन्टी सामसङको आधिकारिक आउटलेटबाट खरिद गरिएको सामसङ टी, ए, बी र सी–सिरिजका टिभी सेटहरूमा लागू हुने बताइएको छ ।

सामसङ नेपालको उपभोक्ता इलेक्ट्रोनिक्सका महाप्रबन्धक आलोक कुमार गुप्ताले यो तीन वर्षको वारेन्टी अफरले सबै सामसङ टिभी ग्राहकलाई फाइदा पुग्ने विश्वास कम्पनीको छ । कम्पनीका अनुसार यो अफर क्युएलइदी, फ्रेम, युएचदी, एफएचदी टिभीजस्ता धेरै सामसङ टिभीको रेन्जमा लागू हुनेछ । यो वारेन्टी अफर २०२३ अगष्ट १ देखि डिसेम्बर ३१, २०२३ सम्म ३२ इन्चदेखि ८५ इन्चका सामसङ टिभीको उपलब्ध रेन्जअन्तर्गत खरिद गरिएका टिभीका लागि मान्य हुने कम्पनीले जनाएको छ । अफर नेपालका लागि सामसङ टिभीको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्रालिअन्तर्गत डिलर नेटवर्कबाट खरिद गरिएका र माथि उल्लिखित टी, ए, बी र सी सिरिजका टिभीहरूमा मात्र लागू हुनेछ । यो तीन वर्षको वारेन्टी अफरमा रिमोटहरू भने समावेश गरिएको छैन । रिमोट कन्ट्रोलमा भने एक वर्षको वारेन्टी प्रदान गरिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया