Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपालमा एलिका ब्राण्डको पहिलो सोरुम

नेपालमा एलिका ब्राण्डको पहिलो सोरुम


काठमाडौं । एलिका ब्रान्डको पहिलो सोरुम काठमाडौंको टेकुमा खुलेको छ । एलिका पिबी व्हर्पुल किचेन अप्लाएन्सेस प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रल्हाद भुताडको उपस्थितिमा सोरुमको उद्घाटन गरिएको हो ।

एलिका ब्रान्डसपमा एलिका ब्रान्डको चिम्नी, बिल्ट–इन ओभन, माइक्रोवेभ ओभन, डिसवासर, कुकिङ्ग रेन्ज, हब्स र कुक टप्सलगायत अन्य विभिन्न घरायसी विद्युतीय सामग्री रहेका छन् । यस एलिका ब्रान्डसप टेकुको मुख्य व्यापारिक केन्द्रमा पर्दछ, जहाँ निःशुल्क पार्किङको पनि व्यवस्था रहेको स्वरुम सञ्चालकले बताएका छन् ।

काठमाडौंको स्थानीय बजारमा आफ्ना सामानहरूको प्रदर्शन, बिक्री वितरण तथा अन्तर्राष्ट्रियस्तरको ग्राहक सेवा, उपयोग तथा विस्तृत जानकारी प्रदान गराउने उद्देश्यसहित यो सोरुम सञ्चालन गरिएको कम्पनीले जनाएको छ । दक्ष तथा अनुभवी बिक्री प्रतिनिधिहरूबाट यहाँ भएका विद्युतीय सामग्रीको पूर्ण जानकारी पनि लिन सकिने बताइएको छ । यो सोरुम हप्ताको सातै दिन बिहान १०बजेदेखि बेलुका ७ः३० बजेसम्म खुल्ला रहने बताइएको छ ।

काठमाडौंको टेकुमा खोलिएको यस एलिका ब्रान्डसपमा ओपेनिङको विशेष छुट, शून्य प्रतिशत सरल किस्ताबन्दी, निःशुल्क जडानका साथसाथै मर्मतको पनि व्यवस्था गरिएको छ । त्यसका साथै ग्राहकको आवश्यक्ताअनुसार निःशुल्क साइट भिजिटको पनि व्यवस्था गरिएको बताइएको छ । योसँगै काठमाडौंको टेकुमा खोलिएको यस एलिका ब्रान्डसप आगामी दिनमा अझै धेरै सहरमा विस्तार गरिने कम्पनीले जानकारी दिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया