सेगवेका इलेक्ट्रिक स्कुटर शून्य प्रतिशत ब्याजदरमा पाइने
काठमाडौं । सेगवे नाइनबटको नेपालका लागि आधिकारिक विक्रेता आइहब प्रालिले सेगवे इलेक्ट्रिक स्कुटरको लागि शून्य प्रतिशत ब्याजदरमा फाइनान्सिङ सुविधा उपलब्ध गराउने भएका छ । सेगवेको शून्य प्रतिशत फाइनान्सिङ सेवाले नेपालभरका व्यक्तिलाई पाँच लाख रुपैयाँसम्मको कर्जा रकममा ब्याजको बोझ नलिई आफ्नो रोजाइको विद्युतीय स्कुटरको स्वामित्वमा सशक्त बनाउने लक्ष्य राखेको छ ।
यो विशेष अफर सेगवेका सबै मोडेलहरू एन१००, ई१००, ई११० एल र ई१२५ मा उपलब्ध रहेको कम्पनीले जनाएको छ । शून्य प्रतिशत फाइनान्सिङ सेवा ग्राहकको सुविधालाई ध्यानमा राखेर ल्याएको बताइएको छ । यसले १८ महिनासम्मको सहज ईएमआई प्रदान गर्ने बताइएको छ । यो सेवाले ग्राहकलाई सेगवे इलेक्ट्रिक स्कुटर खरिद र लगानीलाई रमाइलो र व्यावहारिक बनाएको छ । साथै, कम्पनीले सेगवको स्कुटर खरिद गर्दा प्रत्येक स्कुटर प्याकेजमा हेलमेट, स्कुटर कभर, रेनकोट र एक वर्षको वार्षिक मर्मतसम्भारजस्ता अफर उपलब्ध गराएको छ ।
यस्तै, कम्पनीले आकर्षक एक्सचेन्ज अफर पनि ल्याएको छ, जसमा ग्राहकले आफ्नो अव्यवस्थित स्कुटरमा नयाँ सेगवे इलेक्ट्रिक स्कुटर खरिद गर्न पाउने बताइएको छ । यो अवसर प्रत्येक ग्राहकको आम्दानीको स्रोतलाई ध्यानमा राखेर तयार पारिएको छ, उनीहरूले स्कुटरको स्वामित्वमा व्यक्तिगत, झन्झटमुक्त यात्राको सुनिश्चिता पाउने कम्पनीको दाबी छ । कम्पनीको एनआईसी एसिया बैंक, माछापुच्छ्रे बैंक र विभिन्न वित्तीय संस्थाहरूसँगको सहकार्यमा आफ्ना ग्राहकका लागि शून्य प्रतिशत फाइनान्सिङ सेवा सुविधालाई उपलब्ध गराएको हो । यसले पर्यावरणमैत्री सहरी गतिशीलता प्रवर्द्धन र ग्रिनरी फ्युचर बनाउने साझा दृष्टिकोणमा योगदान पु¥याउने कम्पनीले विश्वास लिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया