Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘आईएमई पे’मा कनेक्ट आईपीएसमार्फत कारोबार गर्न सकिने

‘आईएमई पे’मा कनेक्ट आईपीएसमार्फत कारोबार गर्न सकिने


काठमाडौं । ‘आईएमई पे’ले आफ्नो एपमा कनेक्ट आईपीएसमार्फत बैंक खाता लिंक गरी भुक्तानी गर्ने सुविधाको सुरुवात गरेको छ । विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको यस सेवामार्फत ग्राहकले ‘आईएमई पे’ मा आफ्नो बैंक खाता सुरक्षित तवरले लिंक गरी राख्न सक्ने बताइएको छ ।

कम्पनीका अनुसार सो सेवा सञ्चालनका लागि ‘आईएमई पे’ मा रहेको लिंक भाया कनेक्ट आईपीएस छनौट गरी आफ्नो बैंक खाता लिंक गर्नुपर्ने बताइएको छ । यसरी लिंक भइसकेपछि एपमा पैसा लोड गर्न तथा खाताबाट सहजरूपमा सोझै भुक्तानी गर्न सकिने आईएमई पेले जनाएको छ । ‘आईएमई पेले ग्राहकको सुविधाका लागि सुरक्षित तथा नवप्रवद्र्धित सेवाको माध्यमबाट क्यास–लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा सहयोग गर्दै आएको बताइएको छ । साथै, नेपाल राष्ट्र बैंकको निर्देशिकाअनुसारको अन्तरआबद्धमा पनि ठूलो टेवा पु¥याउने उद्देश्यका साथ यो सेवा ल्याइएको आईएमई डिजिटल सोलुसन लिमिटेड ‘आईएमई पे’ का प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीको भनाइ छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया