Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगफर्च्युन–५०० मा बीवाईडी २१२ औँ स्थानमा

फर्च्युन–५०० मा बीवाईडी २१२ औँ स्थानमा


काठमाडौं । हरेक वर्ष विश्वका ५०० ठूला कम्पनीको सूची सार्वजनिक गर्दै आएको फर्च्युनले सन् २०२३ को सूची सार्वजनिक गरेको छ । चिनियाँ अटो निर्माता बीवाईडी सो सूचीको २१२ औँ स्थानमा परेको छ । सूचीको पहिलो स्थानमा वालमार्ट, दोस्रोमा अमेजन र तेस्रोमा एक्सन मोबिल सामेल छन् ।

गत वर्ष बीवाईडी सूचीको २२४ औँ स्थानमा रहेको थियो । इलेक्ट्रिक कारको उत्पादन गरेर विश्व बजारमा आफ्नो उपस्थिति मजबुद बनाउँदै आएको बीवाईडीको आम्दानी २०२३ मा ६३ अर्ब डलर पुगेको फच्र्युनले उल्लेख गरेको छ । सो आम्दानीबाट कम्पनीले दुई अर्ब ४७ करोड डलर मुनाफा आर्जन गरेको छ । यस्तै, बीवाईडी को मार्केट भ्यालु १०४ अर्ब ३२ करोड डलर रहेको उल्लेख गरिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया