Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगघरेलु उद्योग संघ काठमाडौं २५ औँ वर्षमा

घरेलु उद्योग संघ काठमाडौं २५ औँ वर्षमा


काठमाडौं । घरेलु तथा साना उद्योग संघ, काठमाडौं स्थापनाको रजत वर्ष (२५ वर्ष)मा प्रवेश गरेको छ । संघले आइतबार राजधानीमा एक विशेष कार्यक्रमको आयोजना गरी रजत जयन्ती मनाएको छ । कार्यक्रममा बागमती प्रदेशका पर्यटन, उद्योग तथा सहकारी मन्त्री पुकार महर्जनले साना उद्योगलाई प्रवर्द्धन गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताएका थिए ।

लघु, घरेलु तथा साना उद्योेगको प्रवर्द्धनमा बाग्मती प्रदेश सरकार हरतरहले लाग्ने उनको भनाइ थियो । घरेलु तथा साना उद्योग महासंघका निवर्तमान अध्यक्ष श्याम गिरीले अहिले उद्योग सञ्चालनको वातावरण राम्रो हुनुपर्नेमा तीन तहको सरकारले झनै अलमल भएको बताए । मौद्रिक नीतिमा समेत लघु, घरेलु तथा साना उद्योेगका विषय नसमेटिएको भन्दै उनले बैंकको दबाबले गर्दा उद्योगी उद्योग छाडेर हिँड्ने अवस्थामा पुगेको उल्लेख गरे ।

यस्तै, महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले बैंकहरूले मन्दीलाई देखाएर लघु, घरेलु तथा साना उद्योेगमा लगानी गर्न छाडेको र सहुलियतपूर्ण कर्जा पनि हटाइँदा जटिल अवस्था सिर्जना भएको बताए । कार्यक्रममा घरेलु तथा साना उद्योग संघ, काठमाडौंकी अध्यक्ष पदमकुमारी कार्कीले साना उद्योगका लागि सरकारले विभिन्न खालका प्याकेज ल्याए पनि त्यसको उपभोग गर्नबाट सरोकारवाला व्यवसायीहरू बञ्चित भएको गुनासो गरिन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया