Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरिद्धिसिद्धि सिमेन्टको छात्रवृत्तिको कार्यक्रम

रिद्धिसिद्धि सिमेन्टको छात्रवृत्तिको कार्यक्रम


काठमाडौं । रिद्धिसिद्धि सिमेन्टले मकवानपुर जिल्लालाई लक्षित गरी विद्यार्थी छात्रवृत्ति कार्यक्रमको आयोजना गरेको छ । ‘मकवानपुर स्मार्ट स्टुडेन्ट अफ दि इएर २०८०’ को नामबाट सुरु गरिएको छात्रवृत्ति कार्यक्रममा एक सय नौ जना विद्यार्थी सहभागी भएको कम्पनीले जनाएको छ ।

रोबोटिक ल्याबमा बनेको स्मार्ट सिमेन्ट रिद्धिसिद्धिले आयोजना गरेको यो कार्यक्रममा लिखित परीक्षा तथा दौड प्रतियोगिताको समेत आयोजना गरिएको थियो । कार्यक्रममा कम्पनीले मकवानपुर जिल्लाबाट एसईई परीक्षामा ४ जीपीए ल्याएकी डौफिन राइका मगरलाई सम्मानस्वरूप १० हजार एक रुपैयाँ प्रदान गरेको थियो । साथै, जिल्ला प्रहरी कार्यालय मकवानपुर, जिल्ला शिक्षा इकाइ समिति, पिप्ले युवा क्लब तथा सन्चो हस्पिटललाई प्रमाणपत्रसहित सम्मान गरिएको सिमेन्टले जनाएको छ । यस छात्रवृत्ति कार्यक्रममा सहभागीलाई कम्पनीले आईक्यु परीक्षा र दौड प्रतियोगिता गराएको छ । सो परीक्षामा पहिलो हुने विद्यार्थीलाई मासिक पाँच हजार, दोस्रो हुनेलाई तीन हजार पाँच सय, तेस्रो हुनेलाई दुई हजार पाँच सय प्रदान गर्ने जनाएको छ । यस्तै, सान्त्वनास्वरूप थप आठ विद्यार्थीलाई मासिक एक हजार पाँच सय रुपैयाँ एक वर्षसम्म उपलब्ध गराउने कम्पनीको भनाइ छ ।

एसईई परीक्षामा उपलब्ध अंक, दौड प्रतियोगिता साथै आईक्यु परीक्षामा सोधिएका सम्पूर्ण अंक जोडी उत्कृष्ट ११ विद्यार्थी चुनिने कम्पनीले जनाएको छ । उक्त कार्यक्रममा भाग लिएका विद्यार्थीको नतिजा यही भदौ १ गते शुक्रबार कम्पनीकोे आधिकारिक वेवसाइट तथा फेसबुक पेजमा प्रकाशित गरिने बताइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया