Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनाडा अटो सोमा ‘सेरेस –३’ भित्र्याइने

नाडा अटो सोमा ‘सेरेस –३’ भित्र्याइने


काठमाडौं । नाडा अटो–सोमा सेरेस ३ सार्वजानिक गरिने भएको छ । भदौ २६ गतेदेखि काठमाडौंमा सञ्चालन हुने सोमा सेरेस ३ एमएडब्ल्यु वृद्धि अटोकर्पको साझेदारीमा नेपाल प्रवेश गर्ने भएको हो । एमएडब्ल्यु ग्रुपले स्कोडा, जिप, जेसीबी, यामाहा, चाङ्गान र फोटोनका ब्राण्डहरू नेपाल भित्र्याउने गरेको बताएको छ । अमेरिकाको सिलिकन भ्यालीमा सेरेस ब्रान्डको स्थापना भएको थियो, जहाँ टेस्लासमेतको स्थापना भएको कम्पनीले जनाएको छ । सोही स्थानमा सन् २०१६ मा चाइनिज सोकोन इन्डस्ट्री ग्रुपद्वारा सेरेसको स्थापना भएको हो । विश्वका ७० भन्दा बढी देशमा आफ्नो विशाल प्रस्तुति जनाउँदै आइरहेको सेरेस ग्रुपलाई इभी उद्योगको लिडर मानिन्छ । सेरेसले आफ्नो अमेरिका, जापान र चीनस्थित आरएन्डडी सेन्टरलाई कनेक्ट गरी डेडिकेटेड ईभी फ्यासिलिटीसँगै आरएन्डडी सेन्टरलाई विश्वव्यापीरूपमा जोड्दै आइरहेको छ ।

हुवावे टेक्नोलोजीसँग रणनीतिकरूपमा साझेदारीस्वरूप सेरेसले डिजिटल समाधान, स्मार्ट प्रविधि र कनेक्टिभिटीका लागि हुवावेको टेक्नोलोजी प्रयोग गरी आफ्ना ग्राहकलाई सिमलेस तथा इन्टिलिजेन्ट ड्राइभिङ अनुभव प्रदान गर्दै आइरहेको छ । सेरेसका म्याक्स नेट पावर (केवी) ९९, ब्याट्री क्षमता (किलोवाट–घण्टा) ५२ दशमलव सात, रेन्ज ४०५ किमी, ग्राउन्ड क्लियरेन्स १९० मिमी रहेको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया