Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगवृज सिमेन्टद्वारा पशुपतिमा निःशुल्क स्वास्थ्य शिविर

वृज सिमेन्टद्वारा पशुपतिमा निःशुल्क स्वास्थ्य शिविर


काठमाडौं । वृज सिमेन्ट इन्डस्ट्रिज प्रालिले पशुपतिमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । साउनको अन्तिम सोमबार पशुपतिनाथमा दर्शन गर्न आएका भक्तजनहरूलाई निःशुल्क स्वास्थ्य परीक्षण गरिएको कम्पनीले जनाएको छ ।

स्वास्थ्य शिविर क्याम्पमा आँखा, दाँत र जनरल चेकअप गर्नुका साथसाथै रक्तचाप र मधुमेहको समेत परीक्षण गरिएको थियो । सो शिविरमा करिब १५ सय धर्मावलम्बीले स्वास्थ्य परीक्षण गराएका थिए । यस्तै, कम्पनीले सुन्दरीजलदेखि पशुपतिनाथसम्म विभिन्न आठ स्थानमा बोलबमका भतmजनलाई निः शुल्क खानेपानी, फलफूल, जुसलगायतका सेवा पनि प्रदान गरेको जनाएको छ । लायन्स एन्ड लियो क्लब अफ काठमाडौं चाबहिल, वृज सिमेन्टको संयुक्त आयोजनामा यो कार्यक्रम गरिएको हो । विभिन्न स्थानबाट आउने र पशुपति दर्शन गर्ने भक्तजनलाई एक सय १५ जना स्वयम्सेवकले आठ स्थानमा सेवा प्रदान गरेका थिए ।

साउनको सोमबार देशभर महादेवको विभिन्न मन्दिरमा पूजाअर्चना गरिन्छ । सोमबार विशेषरूपमा पशुपतिनाथ, डोलेश्वर महादेव, हलेशीलगायत देशभरका विभिन्न स्थानमा पूजाअर्चना गरिन्छ । वृज सिमेन्टको यो कार्य आफ्नो कम्पनीको वार्षिक कार्यक्रमअन्तर्गत संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया