Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘एनसेल ईपीएल लिग’ सुरु

‘एनसेल ईपीएल लिग’ सुरु


काठमाडौं । एनसेल आजियाटा लिमिटेडले ‘एनसेल ईपीएल लिग’ प्रतियोगिता सुरु गरेको छ । हाल सञ्चालनमा रहेको इङ्लिस प्रिमियर लिग (ईपीएल) २०२३/२४ को अवसरमा एनसेल एपमा यस प्रतियोगिताअन्तर्गत सहभागी ग्राहकले पुरस्कार जित्ने योजना ल्याइएको एनसेलले जनाएको छ । ईपीएल सिजनको अन्त्यमा तीन जनाले ग्रान्ड प्राइज अर्थात् मुख्य पुरस्कार जित्ने मौका पाउने एनसेलले जनाएको छ ।

सहभागी एनसेल एप प्रयोगकर्ताले ईपीएलका खेलहरूको आधारमा साप्ताहिक रूपमा फुटबलको नतिजाको पूर्वानुमान गर्न सक्ने बताइएको छ । प्रतियोगितामा भाग लिन प्रयोगकर्ताले एपमा लगइन गरी एपको माथिल्लो दायाँ कुनामा रहेको ह्यामबर्गर आइकनमा गएर प्रेडिक्ट एन्ड विनभित्र गई आवश्यक विवरणहरू भरेर खेलको पूर्वानुमान गर्न सक्ने बताइएको छ । ग्राहकलाई साप्ताहिकरूपमा बोनस प्रश्न पनि सोधिने एनसेलले जनाएको छ ।

मुख्य पुरस्कारको रूपमा पहिलो पुरस्कार विजेताले वायरफ्री सेवाको निःशुल्क डिभाइसका साथ १२ महिनासम्म प्रत्येक महिना २५० जीबी डेटा सेवा पाउने एनसेलले जनाएको छ । दोस्रो पुरस्कार विजयी ग्राहकले छ महिनासम्म निःशुल्क वायरफ्री डिभाइसका साथ प्रत्येक महिना २५० जीबी डेटा सेवाको फाइदा लिन सक्ने बताइएको छ । त्यसैगरी तेस्रो विजेताले वायरफ्री सेवाको निःशुल्क डिभाइस र प्रतिमहिना २५० जीबी डेटा तीन महिनासम्म पाउने बताइएको छ । यो प्रतियोगिता ईपीएल सिजनको अन्त्य नभएसम्म अर्थात् १९ मे २०२४ सम्म चल्ने एनसेलले जनाएको छ ।

सबैभन्दा धेरै अंक ल्याउन सफल प्रतियोगीलाई विजेता घोषित गरी साप्ताहिक पुरस्कार र मुख्य पुरस्कार प्रदान गरिने बताइएको छ । साप्ताहिक पुरस्कारमा पाँच साप्ताहिक विजेतालाई सबैभन्दा बढी प्राप्त गरेको अंकको आधारमा नौ सय ९८ रुपैयाँ पर्ने कम्बो प्याक प्रदान गरिने एनसेलले जनाएको छ । यो प्याकमा ननस्टप अल नेट भ्वाइस सेवाका साथ प्रत्येक दिन दुई जीबी डेटा र ४०० अल नेट एसएमएस पाउनेछन् जुन २८ दिनको लागि मान्य हुन्छ । विजेताहरू घोषणाको जानकारी एसएमएस र एनसेल एपमार्फत प्रदान गरिने बताइएको छ । पूर्वानुमान गरेको स्कोर, नतिजा वा अंक प्रतियोगीमाझ जुध्न गएमा विजेता गोलाप्रथाको आधारमा छनोट गरिने बताइएको छ । प्रतियोगितामा सहभागीले विजयी टोली मिलाउन सफल भएमा तीन अंक र सही गोल अर्थात् स्कोर मिलाउन सकेमा पाँच अंक प्राप्त गर्दछन् ।

यस पे्रडिक्ट एन्ड विन प्रतियोगितामा एनसेलका १८ वर्षभन्दा माथिका ग्राहक मात्र भाग लिनयोग्य छन् । ईपीएल खेलको पूर्वानुमान निश्चित खेलको हप्ताको पहिलो खेलभन्दा ३० मिनेट अगाडिसम्म मात्र गर्न सकिन्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया