Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘हाल बढाइएको न्यूनतम पारिश्रमिक दिन सकिँदैन’

‘हाल बढाइएको न्यूनतम पारिश्रमिक दिन सकिँदैन’


काठमाडौं । नेपाल उद्योग परिसंघले श्रमिकहरूलाई न्यूनतम पारिश्रमिक दिन नसकिने बताएको छ । परिसंघले एक विज्ञप्ति जारी गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने चाहना हुँदाहुँदै पनि विद्यमान समस्याका कारण हाल बढाइएको पारिश्रमिक दिन सक्ने अवस्थामा निजी क्षेत्र नरहेको उल्लेख गरेको छ ।

सरकारले बिहीबार नेपाल राजपत्रमा सूचना प्रकाशित गरी श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजारबाट बढाएर १७ हजार तीन सय पु¥याएको थियो । सो पारिश्रमिक वृद्धिप्रति गम्भीर ध्यानाकर्षण भएको परिसंघले जनाएको छ । अर्थतन्त्रमा मन्दी, उच्च ब्याजदर, न्यून माग, न्यून उत्पादनका कारण निजी क्षेत्रकोे मनोबल घट्दो रहेकाले उद्योगहरूको प्रकृतिअनुसार उत्पादनमा ७० प्रतिशतसम्म गिरावट आएको परिसंघले जनाएको छ ।

उद्योगी व्यवसायीहरूले लगानीको योजनासमेत स्थगन गरिरहेको अवस्थामा पारिश्रमिक बढाउन नसकिने परिसंघको भनाइ छ । ‘अर्थतन्त्र शिथिल बन्दै जाने, आन्तरिक उत्पादन नबढ्ने, उत्पादन भए पनि माग नहुने तर उत्पादन लागत बढ्दा त्यसको थप भार उद्योगमाथि पर्नेछ’ परिसंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विद्यमान चुनौतीपूर्ण अवस्थामा सुधार ल्याई अर्थतन्त्रलाई चलायमान बनाउन, समग्र बजार माग बढाउने नीति अलम्बन गर्न, उत्पादन लागत घटाउने तथा निजी क्षेत्रको मनोबल बढाउनेतर्फ अग्रसर हुन समेत परिसंघले सबैलाई आग्रह गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया