महिन्द्रा अग्नि ग्रुपको तीन दिने अनलाइन फिटनेस कार्यक्रम
काठमाडौं, वैशाख १९
अग्नि ग्रुपले अनलाइन सेवामार्फत आजकल मानसिक स्वास्थ्यसम्बन्धी अभियान सञ्चालन गरिरहेको छ । जसअन्तर्गत शुक्रबारदेखि आगामी तीन दिन आमनागरिकहरूमा महिन्द्रा नेपाल–अग्नि ग्रुपको फेसबुक पेजमार्फत प्रामाणिक परिवर्तनकारी प्रशिक्षक (होलिस्टिक ट्रान्सफर्मेसनल कोच) प्रेरणा शाहबाट अन्तर्क्रियात्मक तथा चिन्तनयोग्य प्रत्यक्ष संवादमा जोडिन कम्पनीले आग्रह गरेको छ । यो कार्यक्रम शुक्रबारदेखि आइतबारसम्म (हरेक दिन ४ बजेदेखि ५ बजेसम्म) सञ्चालन हुनेछ ।
यो प्रत्यक्ष संवाद कार्यक्रमले मानिसहरूलाई आफ्नो वर्तमान जीवनशैली, योगासन, प्राणायाम एवं मानसिक तथा शारीरिक स्वास्थ्यसहित जीवनका सबै क्षेत्रका आफूले खोजेको जवाफ हासिल गर्न मद्दत पुग्ने कम्पनीले जनाएको छ । पूर्वमिस नेपाल शृंखला खतिवडाले उक्त कार्यक्रमको सञ्चालन गर्नेछिन् । अग्नी ग्रुपले लकडाउनका समयमा सम्मुख (फ्रन्टलाइन)मा बसेर काम गर्ने सबै जनशक्तिलाई सम्मान गर्न र जनमानसमा सकारात्मक सामाजिक सन्देश प्रवाह गर्ने दिशामा निरन्तर काम गर्दै आएको जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया